OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक ३०, २०७८सुर्खेत
५२२ पटक

३० कार्तिक २०७८, मंगलबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुका आगलागी पीडितहरुलाई राहत तथा पुनःस्थापना गर्ने बताउनुभएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहीले भन्नुभएको छ, “मुगुको छाँयानाथ नगरपालिका १ गमगढी बजारमा भएको आगलागीको घटनाप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । सोमबार राति १२ः०० बजेबाट भएको आगलागीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको करिब चार घण्टाको लामो प्रयासपछि नियन्त्रणमा आएपनि अरबौंको धनमाल नष्ट भएको छ ।”

आगलागीबाट २१ घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा सहयोग गर्ने सुरक्षाकर्मीलगायत स्थानीयलाई धन्यवाद दिँदै मुख्यमन्त्री शाहीले अल्पकालिन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको बताउनुभयो । उहाँका अनुसार स्थानीय प्रशासनले क्षतिको विवरण संकलन संकलन शुरु गरिसकेकोले उक्त कार्यालयको सिफारिसका आधारमा प्रदेश सरकारले तत्कालै राहत प्याकेज घोषणा गर्नेछ ।

प्रतिकृया दिनुहोस्