OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २९, २०७८सुर्खेत
६२७ पटक

२९ कार्तिक २०७८, सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।

आयोगको कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख भेषराज रिजालले नेपालको संविधानको धारा २९४ को परिच्छेद ८ अनुसार २८७ पृष्ठको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गर्नुभएको हो । उक्त प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख परियारले मुलुकको सुशासन र विकासविरुद्ध हुने भ्रष्टाचारजन्य कार्य निवारण तथा न्यूनिकरण आयोगको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

“अख्तियारका आगामी सञ्चालन हुने गतिविधिसहित कार्यसम्पादनले प्रभावकारिता बढाओस्,” उहाँले भन्नुभयो, “जसबाट गलत नियत राख्नेहरु निरुत्साहित बनोस् र नागरिकहरुलाई सुशासनको प्रत्याभूति होस् ।” उहाँले आयोगको आगामी कार्य प्रगतिको कामना गर्नुभएको थियो ।

उक्त कार्यक्रममा निमित्त प्रमुख रिजालले आयोग सुर्खेत कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ मा गरेका कार्यसम्पादनबारे प्रदेश प्रमुखलाई प्रस्तुतिमार्फत जानकारी गर्नुभएको थियो । उहाँले उक्त आ.व.मा चिठीपत्र, ईमेल, पत्रपत्रिका, टेलिफोन, फ्याक्सलगायतका माध्यमबाट एक हजार २२० उजुरी परेकोमा ५७३ फछ्र्यौट भएको र बाँकी ६४७ उजुरी चाल आ.व.२०७८÷०७९ मा सरिआएको बताउनुभयो ।

निमित्त कार्यालय प्रमुख रिजालका अनुसार सबैभन्दा बढी स्थानीय तहका उजुरी परेका छन् । प्रतिवेदनमार्फत उच्च पदस्थ कर्मचारीहरुले सदाचारिता अपनाउनुपर्ने, सार्वजनिक खरिद प्रणालीमा सुधार आउनुपर्ने, उपभोक्ताबाट निर्माण हुने कार्यलाई व्यवस्थित गरिनुपर्ने, परामर्शदाताहरुलाई जिम्मेवार बनाउनुपर्नेलगायतका सुझाव दिईएको छ ।

प्रतिकृया दिनुहोस्