OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २८, २०७८जुम्ला
११०७ पटक

२८ कार्तिक २०७८, आईतबार

मानव ईच्छा शक्तिका अगाडि तारेभिरहरु पनि मैदान बन्छन् । मैदानहरु पहाडमा परिणत हुन्छन् । फोहरहरु मोहरमा बदलिन्छन् । माटो सुन बनिदिन्छ । सोचहरु उर्जाशील विचारमा रुपान्तरण हुन्छन् । त्यसबाट सृजित सपना उद्देश्य प्राप्तिको योजना बनेर मानव संसार समृद्धिको पथमा मुखरित हुन्छ ।

त्यही मर्म बमोजिम जुम्लामा गंगामाननिली अभिनवन केन्द्रको स्थापना भएको छ । उक्त केन्द्रको उद्घाटन आयुर्वेदिक ज्ञानसम्बन्धी जानकार चन्दननाथ नगरपालिका ५ जुम्ला निवासी मानबहादुर बुढाथोकी मगरले गर्नुभयो ।

मूलतः अन्तरनिहित प्रतिभाले सम्पन्न यद्यपि ओझेलिएका, अवसरबाट बञ्चित भएका, दबिएका सबै सृजनशील प्रतिभा, सोच र विशेषताका कुबेरहरुलाई प्रतिभा प्रस्फुटनको खुला मञ्च बनाउने उद्देश्यले अभिनवन केन्द्र (इनोभेसन सेन्टर) स्थापना गरिएको एशिया ईन्टरनेश्नल स्कुलका संस्थापक मनोज बुढाथोकी मगरले जानकारी दिनुभयो ।

“विशेषगरी आज परेको मेरो जन्मदिनको अवसरलाई पारेर यो आविस्कार केन्द्रको स्थापना गर्यौं । उक्त केन्द्रका लागि हामीले रु.१० लाखको कोष तयार गरेका छौं,” संस्थापक बुढाथाकी भन्नुभयो, “उक्त कोष नव युवा तथा विद्यार्थी प्रतिभाहरुले नविन आविस्कारका लागि गर्ने अध्ययन, अनुसन्धान तथा अन्वेषणमा खर्च गरिने छ ।”

सो अवसरमा जुम्लामै भूकम्प प्रतिरोधात्मक स्लाईडिङ ईन्टरलक ईटाको आविस्कार गर्ने एशिया ईन्टरनेश्नल स्कुलमा कक्षामा आठमा अध्ययनरत १४ वर्षीय विद्यार्थी छक्क अधिकारीलाई सम्मान गरिएको उहाँले बताउनुभयो । केन्द्रले सबै क्षेत्रको खोज अनुसन्धान र अन्वेषण गर्न उत्प्रेरित गराउने विश्वास लिईएको छ ।

प्रतिकृया दिनुहोस्