OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २८, २०७८कर्णाली
६२९ पटक

२८ कार्तिक २०७८, आईतबार

कर्णालीमा मुगुबाहेक नेकपा (एमाले) ले महाधिवशेन प्रतिनिधि छानेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि एमालेले यहाँका नौ जिल्लाबाट १११ महाधिवेशन प्रतिनिधि छनोट गरेको हो।

मुगुमा प्रतिनिधि छनोट विवाद भएपनि समाधानको प्रयास भइरहेको जनाईएको छ । प्रदेशका नौ जिल्लाबाट आजका दिनसम्म १११ जना महाधिवेशन प्रतिनिधि छनोट भएको नेकपा एमाले कर्णाली प्रदेशका सचिव धर्मराज रेग्मीले जानकारी दिनुभयो ।

एमालेले विभाजनको असर अझै पर्न सक्ने देखिएपछि सबै जिल्लाहरूमा प्रतिनिधि छनोट गर्दा सकेसम्म सर्वसम्मत ढंगले गर्न भनेको छ । सोही अनुसार प्रदेशका ९ जिल्लामा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गर्ने काम भईरहेको छ । सचिव रेग्मीका अनुसार मुगुमा पनि सर्वसम्मत रुपमा प्रतिनिधि छनोटको प्रयास भै रहेको छ । ‘

कुन जिल्लाका कति महाधिवेशन प्रतिनिधि ?

सुर्खेतबाट २२ जना प्रतिनिधि चयन भएका छन् । जसमा प्रतिनिधिसभा क्षेत्र नं। १ बाट पार्टीका जिल्ला कमिटी अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीसहित प्रदेशसभा सदस्य खड्कबहादुर खत्री, खड्ग घर्ती, बोधविक्रम जिसी, डण्डीप्रसाद शर्मा, शान्ति छन्तेल, कोकिला सिंह र चन्द्रकला बिसी रहेका छन् ।

क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्य एवम् पूर्व जिल्ला कमिटी अध्यक्ष नवराज रावत, कुलमणि देवकोटा, अमृत विसी, गंगा दाहाल, गंगाराम तिमिल्सिना, नन्दराम अधिकारी, मोहनमाया ढकाल, निर्मला राना र नन्दा गुरुङ महाधिवेशन प्रतिनिधिका रुपमा छनोट भएका हुन् । दलित कोटाबाट तेजकुमार विक ‘तोरण’, गगनसिंह सुनार, राजु नेपाली, सुशीला विश्वकर्मा र लक्ष्मी विक रहेका छन् ।

त्यस्तै दैलेखबाट २३ जना प्रतिनिधि चएन भएका छन् । जिल्ला कमिटी अध्यक्ष रविन्द्रराज शर्मासहित प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा, टोपबहादुर विसी, मिनासिंह रखाल, सुर्यकुमारी श्रेष्ठ, अमर नेपाली, गोपाल नेपाली, विनोद कुमार शाह र धीरबहादुर शाही दशौं महाधिवेशनका लागि प्रतिनिधि छानिएका छन् ।

सुर्यबहादुर शाही, योगेन्द्रबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गंगाराम दाहाल, लक्ष्मीदेवी शाही, विना कार्की, विष्णु थापा, दयाराम विश्वकर्मा, गोमता विक र हिक्मत विक प्रतिनिधिका रुपमा महाधिवेशनमा सहभागि हुनेछन् ।

जाजरकोटबाट ९ जना प्रतिनिधि छनोट भएका छन् । एमालेले करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती, प्रेमप्रसाद घर्ती, कौशिलावती खत्री, हरिकला जैशी र नवेन्द्र नेपालीलाई चएन गरेको छ ।

कालीकोटबाट १४ जना प्रतिनिधी छानिएका छन् । जसमा नगेन्द्र शाही ‘नेशनल’, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम, पार्वती सिंह, तारा शाही, नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा र गोमा नेपाली छन् ।

सल्यानबाट ८ जना प्रतिनिधी छानिएका छन् । पुष्पा कुमारी बोहोरा, संञ्चिता कुमारी ओली, जनक विक, गोविन्द कुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी र तिलक मल्ल छानिएका हुन् ।

हुम्लामा प्रदेशसभा सदस्य दल रावलसहित दल फडेरा, ज्ञामी बुमी, कलबहादुर हमाल, डबल रावत, पूर्णप्रसाद ढकाल, सौमती ऐडी, रुपा शाही, नोरजांग तामाङ, सुनमती दमाई र कालिबहादुर नेपाली प्रतिनिधि भएका छन् ।

रुकुम पश्चिममा टंकप्रसाद ओली, नन्दराम देवकोटा, नारायण शाह, मनवीर घर्ती, तिर्था गौतम, चन्द्रबहादुर नेपाली, शशीराम नेपाली र जुम्लाबाट शान्तिलाल महत, बलबहादुर महत, रतननाथ योगी, टेकराज पछाई, मेनका पछाई, चुक्की शाही, रामबहादुर नेपाली छनोट भएका छन् ।

त्यस्तै डोल्पामा तुलाचन्द बुढासहित विष्णु रोकाया, शेरबहादुर बुढा, नरबहादुर बुढा, पद्यमीक्वारी बोहोरा, चन्द्राकुमारी बुढा, लंकबहादुर शाही, लंकबहादुर रोकाया, सविता रोकाया र प्रेम विक छनोट भएका छन् ।

प्रतिकृया दिनुहोस्