

२८ कार्तिक २०७८, आईतबार
कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
उच्च अदालत सुर्खेतका न्यायधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्यन्यायधिवक्ता श्रेष्ठले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो । वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेत निवासी श्रेष्ठ प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट मुख्यन्यायधिवक्ता पदमा नियुक्त हुनुभएको थियो ।
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकारका रुपमा नियुक्त मुख्य न्यायधिवक्ता श्रेष्ठले आजै पदबहाली गर्नुभएको छ । उक्त सपथ ग्रहण कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रदेश प्रमुख र सचिवहरुको उपस्थिति रहेको थियो