OnlinePana

आज : २०८३ जेठ २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २८, २०७८सुर्खेत
१०९२ पटक

२८ कार्तिक २०७८, आईतबार

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

उच्च अदालत सुर्खेतका न्यायधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्यन्यायधिवक्ता श्रेष्ठले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो । वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेत निवासी श्रेष्ठ प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट मुख्यन्यायधिवक्ता पदमा नियुक्त हुनुभएको थियो ।

नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकारका रुपमा नियुक्त मुख्य न्यायधिवक्ता श्रेष्ठले आजै पदबहाली गर्नुभएको छ । उक्त सपथ ग्रहण कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रदेश प्रमुख र सचिवहरुको उपस्थिति रहेको थियो

प्रतिकृया दिनुहोस्