OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २५, २०७८सुर्खेत
३४० पटक

२५ कार्तिक २०७८, बिहीबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउनुभएको छ ।

कर्णाली प्रदेश जनगणना कार्यालय सुर्खेतद्वारा राजधानी वीरेन्द्रनरगर सुर्खेतमा आयोजित ‘१२औं राष्ट्रिय जनगणना २०७८’ को शुभारम्भ तथा प्रभातफेरी कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री शाहीले जनगणना कुनैपनि देशको महत्वपूर्ण कुरा रहेको बताउनुभयो । तथ्य जनगणनाबाट मात्र मुलुकको विकासको गुरुयोजना निर्माण गर्न सकिने मुख्यमन्त्री शाहीले जनाउनुभयो ।

उहाँले भन्नुभयो, “आजदेखि गणकहरु तपाईहरुको पूर्ण विवरण लिन गणकहरु घरघरमा आउनुहुन्छ । सबैले आफ्नो यथार्थ, तथ्य र सत्य विवरण टिपाउनुहोस् । यसमा व्यक्तिले संस्कृतिदेखि प्रकृतिसम्मको विवरण उपलब्ध गराउनुपर्नेछ । विवरण कसैले नलुकाउनुस्, तपाईहरुलाई सोधिने व्यक्तिगत विवरण तथ्याङ्क ऐन, २०१५ अनुसार गोप्य राखिने छ ।”

जनगणनाको क्रममा पारिवारिक संख्या, जाति, समुदाय, भाषा, धर्म, रोजगार, शिक्षा, स्वास्थ्य, कृषि, जडिबुटी, स्वास्थ्य अवस्था जंगल, नदीनाला, सवारी, साधन, पशुवस्तु, धनजन, उत्पादन परिमाण, आयात, निर्यातलगायतका सबै विवरण हरेक नागरिकले गणकलाई दिनुपर्ने मुख्यमन्त्री शाहीले जनाउनुभयो । जनगणनामा आउने वास्तविक तथ्याङ्कले शिक्षा, स्वास्थ्य, विद्युत, कृषि, पूर्वाधार क्षेत्रको विकासमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास र राष्ट्रको गुरुयोजनमा निर्माण्मा सहयोग पुग्ने उहाँको भनाई थियो ।

मुलुक संघीयता गएपछिको पहिलो पटक आज कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म लिन आयोजना गरिएको शुभारम्भ तथा प्रभातफेरी कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश जनगणना अधिकारी पोमनारायण पौडेलसमक्ष आफ्नो पारिवारिक विवरण टिपाउनुभयो ।

कर्णाली प्रदेश जनगणना अधिकारी पोमनारायण पौडेलले वर्षमा बढी बसोबास गर्ने ठाउँबाट घरमूलीमार्फत पूर्ण विवरण लिईने बताउनुभयो । नेपाल सरकार प्रत्येक नागरिकको घरघरमा जाने बेला भनेको जनगणनाको बेला भएकोले गणक तथा सुपरीवेक्षकलाई महत्वपूर्ण भूमिका निर्वाह गर्न निर्देशन गरिएको जनगणना अधिकारी पौडेलले जनाउनुभयो । जनगणनाको क्रममा प्रत्येक घरपरिवारको तथ्याङ्क लिँदा निलो मसी प्रयोग गरिने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्