OnlinePana

आज : २०७९ आषाढ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २२, २०७८सुर्खेत
३८९ पटक

२२ कार्तिक २०७८, सोमबार

लेकबेसी नगरपालिका १ सुर्खेत ढापखर्ककी सात वर्षीय बालिकालाई घाँटी रेटेर हत्या गरेको अवस्थामा प्रहरीले शव फेला पारेको छ ।

ईलाका प्रहरी कार्यालय लेकवेशीले ढापखर्क निवासी गगनबहादुर सुनारर्की सात वर्षीय छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तर पूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा लास फेला पारिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार बालिका आईतबार बिहान १०ः०० बजेको समयमा सामन किन्न भनी घर नजिकै रहेको पसलमा गएको तर उनी सो दिन घर नफर्केपछि परिवारले आज बिहान ९ः०० बजे ईलाका प्रहरी कार्यालय लेकवेशीमा खबर गरेको थियो । खबर प्राप्त भएलगत्तै ईप्रका लेकबेसीका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा ५ जनाको प्रहरी टोली फिल्डमा पुग्दा देवीलाल सुनारको खरबारीमा घाँटि रेटिएको अवस्थामा शव फेला परेको उहाँले बताउनुभयो ।

बालिका हत्या भएको ठाउँमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्ट, कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोली पुगी प्रविधिको उच्चतम प्रयोग गरी अनुसन्धान कार्यलाई तीव्र बनाईएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्