OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीकार्तिक ३, २०७८जुम्ला,
४३३ पटक

कात्तिक ३ गते । तिन दिन देखीको लगातारको बर्षा र बाढीले जिल्ला भरको प्रारम्भिक क्षेतिको बिषयमा जानकारी गरिएको छ ।
प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले स्थानीय प्रशासन सहित सरोकारवाला निकायहरुबाट जिल्लाको बिपतले बनाएको क्षेतिको अवस्थाको बारेमा जानकारी लिन गरिएको समिक्षा कार्यक्रममा स्थानीय प्रशासन सहित सरोकारवाला निकायहरुलाई आकस्मिक रुपमा भएको क्षेति विवरण दिएका छन् । वैठकमा प्रदेश सांसद पदमबहादुर रोकाया समेत उपस्थित हुनुहुन्थ्यो ।

प्रमुख जिल्ला अधिकारी बिजय कुमारी प्रसाईले प्रस्तुत गर्नुभएको जिल्लाको क्षेति विवरणमा हिमा गाउँपालिका ६ निवासी अन्दाजी ३२,३३ बर्षका रत्ना शाहीलाई बगरे हिमा गाउँपालिकामा बेपत्ता भएका छन् । तिला र भेरी खोलाको बहाव बढ्न गई नदि छेउछाउका १८ हेक्टर कालीमार्सी धानको क्षेति भएको छ । सिञ्जा क्षेत्रको धानको क्षेति भने आउन वाँकी रहेको छ ।

प्रजिअ पसाईका अनुसार तातोपानी र तिला गाउँपालिकामा १५२ वटा भेडाबाख्रा र तातोपानीमा तीन भेडा संरक्षणका लागि राखिएका कुकुर क्षेति भएका छन् । तातोपानी गाउँपालिकाको वडा नम्बर ४ अन्तरगतको नेत्र ज्योति माविको पक्की भवन, ८० थान डेक्स र पाँचसय मिटर घेरवार, तातोपानी ८ को १४० र १५० वाटको माईक्रो विधुत पावर हाउस सहित बगाएको छ । यसैगरी तातोपानी गाउँपालिका ७ र ८ काठेपुल, तातोपानी ४ का ६ वटा काठेपुल, तातोपानी ४ को रु ४० लाखको लिप्ट सिचाई कुलो, तातोपानी ५मा खानेपानी ट्यांकी, पाईप लाईन, तातोपानी ५ कै कालिका माविको खेल मैदान, १५० मिटर सडक, तातोपानी ३ मा २ तले घर भत्काएको, तिला ४ को राम प्रसाद चौलागाईको खुद्रा पशल लालबहादुर नेपालीको कच्चीघर गुठिचौर गाउँपालिकाको कुलो र एक विद्यालयको प्रांगण बगाएको र हिमा गाउँपालिका नाग्म गमगडि राजमार्ग अन्तरगत बड्कीमा २० मिटरा लामो पहिरोले अवरुद्ध भएको छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले तातोपानी गाउँपालिकामा ठूलो क्षेति भएको भन्दै प्रारम्भिक जानकारी दिनुभएको थियो । तिला गाउँपालिकामा भने बढिनै क्षेति भएकाले अध्यक्ष रतननाथ योगी र उपाध्यक्ष बिष्णुमाया बुढा क्षेतिग्रस्त क्षेत्रतिर हुनुहुन्छ ।

जिल्लाको प्रारम्भिक क्षेति बिबरण अनुसार जिल्ला प्रशासनमा प्रशासन, सुरक्षा निकाय प्रमुखहरु, जिल्ला कृषि, पशुसेवा, खानेपानी, विधुत, सडक र शिक्षा समन्वय कार्यालयले जिल्लाको प्रारम्भिक क्षेतिको अवस्थाको वारेमा जानकारी समेत संघीय सांसद गजेन्द्रबहादुर महतलाई जानकारी गरेका थिए । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले अहिले सम्मको प्रतिवेदन अनुसार २९ सय हेक्टर धान फल्ने क्षेत्र भएको मध्य १३ हेक्टर मार्सीका खेत बगेका र ५ हेक्टर खेत डुवेका छन् । अन्य सवै धान भिजेका छन् । जिल्लाको नौसय हेक्टर धान काट्न वाँकी रहेको बताउनुभयो ।उहाँले धेरै मात्रामा रातिमार्सी धान हुने सिञ्जा क्षेत्रमा समेत धान पानीको डुवानमा परेर बिग्रेको बताउनुभयो । उहाँले बालिमा मात्रै अनुमानित ६ करोड क्षेति हुनेमा जोड दिनुभयो ।

पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले तातोपानी र तिलामा १५२ भेडाबाख्रा बगेका बताउनुभयो । उहाँले सरकारले पशुपालन क्षेत्रमा दिने क्षेति संघीय सरकारले बढाउन पहल गर्न अनुरोध गर्नुभयो । शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख मकर भण्डारीले तातोपानीको नेत्र ज्योति मा.वि बगरमा परिणत भएको जानकारी दिनुभयो । खानेपानी कार्यालयका लालप्रसाद उपाध्याय, नेपाल विधुत प्राधिकरणका प्रमुख नरेशदत्त रावल, डिभिजन सडक कार्यालयका सवईन्जिनियर विरेन्द्र रावलले क्षेतिको अवस्था जानकारी गराएका थिए । यसैगरी प्रहरी नायव उपरीक्षक दानबहादुर थापा, शशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति गगन श्रेष्ठले समेत जिल्लाको बस्तुगत अवस्थाको जानकारी गर्नुभएको थियो ।

प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले जिल्लाको विपतको आरम्भिक क्षेति बुझेपछि संगठित भएर संघीय सरकारलाई राहात र विशेष प्याकेज कार्यक्रम र बजेटका लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले आफुले बोलेर मात्रै नहुने भएकाले जिल्लाको बृस्तृत प्रतिवेदन तयार पारेर अगाडि बढ्नु पर्ने यसका लागि स्थानीय प्रशासन, सुरक्षा, सरोकारवाला कार्यालय, संचार माध्यम संगठित भएर राज्यलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आफु काठमाण्डौ चाडै फर्किने र जुम्लाको बिशेष प्याकेजका लागि पहल गर्नेमा जोड दिनुभयो ।

वैठकमा प्रदेश सांसद पदमबहादुर रोकायाले किसानको क्षेति ठूलो भएकाले प्रदेश सरकारले समेत विशेष सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नाग्म गमगडि राजमार्गको शुरुवाति क्षेत्र र घोेडेंगामा सडक राम्रो बनाउन पटक पटक निर्देशन गरेपनि ढिला गरेकाले चाडै बनाउन निर्देशन गर्नुभयो ।

प्रतिकृया दिनुहोस्