OnlinePana

आज : २०८१ माघ १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ११, २०८१ जुम्ला,
६३ पटक

माघ ११ गते । जुम्लामा ३० बर्षिय सुत्केरीकाे मृत्यू भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर १ निवासी मुगा शाही र उहाँबाट जन्मेको नवजात शिशुको मृत्यू भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार घरबाट वेहोश भएर अस्पताल आएकी ति सुत्केरी आमालाई आईसियूमा राखिएको थियो । उहाँको विहिवार विहान ८ बजे मृत्यू भएको हो । तर वच्चा भने माघ ३ गतेनै अस्पताल पुर्याउदा मृत्यू भईसकेको थियो ।

प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डाक्टर कविता शाहका अनुसार गत माघ ३ गते ११ः२४ बजे वेहोस अवस्थामा पुगेकी उहाँलाई भेन्टिलेरमा राखिएको थियो । उहाँका अनुसार अस्पतालमा ल्याउदा बच्चा जन्मेर मृत्यू भईसकेको जानकारी दिनुभयो । उहाँले थप्नुभयो, सुत्केरी आमाको स्वास्थ्य गम्भिर अवस्था देखेपछि २,३ मिनेटमै आईसियूको भेन्टिलेटरमा उपचार शुरु गरेका थियौ । परिवारले अस्पताल ढिला पुर्याउदा दुःखत घटना भयो । कोही पनि सुत्केरी व्यथा लाग्ने वित्तिकै स्वास्थ्यकर्मीलाई खबर गरि अस्पताल आउन अनुरोध गर्नुभयो ।

परिवार स्रोतका अनुसार मृतक सुत्केरी मुगा शाहीलाई माघ २ गते रातिनै सुत्केरी वेथा लागेको थियो । समयमा अस्पतालमा नल्याई धामी झाक्रीको भर परेपछि अस्पताल ढिला पुयाईएको पाईएको छ । मृतक शाहीका भाई तातोपानी २ डाँगीवाडाका धिरेन्द्र डाँगीका अनुसार अस्पताल पुरर्याउन ढिला भएका कारण दिदिले ज्यान गुमाउनु परेको बताउनुभयो । आईसियूमा होस नखुलेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माघ ४ गते नै रिफर समेत गरेको थियो । परिवारले काठमाण्डौ लिन पहल गरेको थियो । तर जिल्ला वाहिर पनि लिन सकिने अवस्था हुन सकेन ।

सुत्केरी आमाको अवस्थाको विषयमा सोही गाउँकी महिला स्वास्थ्य स्वंसेविक छुमकली सार्कीले आफुले विहान ९ बजे मात्रै थाहा पाएको र सुत्केरीको अवस्था गम्भिर भएपछि आफु सहितले अटोमा अस्पताल पुयाईएको जानकारी दिनुभयो । उहाँले आफु उनको घरमा पुग्दा बच्चा आधा निस्केको थियो ।

यता गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार गाउँपालिकामा यो बिषयमा जानकारी नै भएन । गाउँपालिकामा एम्बुलेन्स स्टेन्ट अवस्थामा छन्, मलाई खबरै नआई एक्कासी मृत्यूको खबर सुनेको प्रतिक्रिया दिनुभयो । उहाँले पनि जनचेतना अभाव भईरहेकाले जनचेतना दिने कार्यक्रम बढाउनुपर्ने बताउनुभयो । सुत्केरीको घर तातोपानी १ वाईराँका सड्क नजिकैछ, सदरमुकाम पुग्न आधा घण्टा मात्रै लाग्छ तर समयमा अस्पताल पुर्याउन नसक्दा दुखत घटना भएको सरोकारवाला वताउछन ।

 

प्रतिकृया दिनुहोस्