OnlinePana

आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
राम प्रकाश विकभाद्र २४, २०८१जुम्ला
१५९ पटक

हिन्दू नेपाली महिलाको प्रमुख पर्व‘हरितालिका तीज’को अवसर पारेर आईतबार तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । गुठिचौर गाँउपालिका वडा ५ को आयोजनमा तीज विशेष कार्यक्रम सकिएको हो । सस्कृति संस्कार, परम्परा, महिलाको वर्ष भरिको दुःख बिसाउनका लागि आयोजना गरिएको वडाले जनाएको छ । ‘तीज विशेष कार्यक्रम’को अवसरमा सहभागी वक्ताहरूले सामाजिक सद्भाव कायम गर्न मनाउँदै आएको तीज पर्वलगायत अन्य चाडपर्व पनि गहना, कपडाको प्रदर्शन र नाचगान मात्र नगरी प्रतिफल देखिने काम गरी मनाउन आग्रह गरिएको हो।

सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा कार्यक्रमका सभाध्यक्ष तथा गुठिचौर गाँउपालिका वडा ५ का वडा अध्यक्ष कमलबहादुर महतले जोड दिनु भएको छ। सामान्य खाजा खर्चबाट मनाएको तीज विशेष कार्यक्रम ऐतिहासिक भएको उहाँको भनाई छ । फरक प्रशंगमा महिला दिदिवहिनिका लागी हानिकारक भएकोले यसको प्रयोग रोक्न र आफु बच्न बचाउन अध्यक्ष महतको आग्रह छ । यसले महिलाको स्वास्थ्यम असर पर्ने र घातक रोग लाग्ने भएकोले यसबाट बच्न उहाँको अनुरोध छ । उहाँले भनुभयो, हामी लामो समयमा सम्मा सरक्षित र स्वास्थ बाच्नका लागी व्युटाक्लोरोको प्रयोग नर्गन अनुरोध गर्नुभयो । तिजको दिनमा महिला दिदिवहिनी छरिएर रहेको हुने हुदाँ आईतबार संचालन गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रमुख अथिति तथा गुठिचौर गाँउपालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल(भण्डारी)ले श्रीमानको दिर्घायुको लागी तिजमा वर्त बस्ने गरिएको बताउनु भएको छ । तीज पर्वलाई विशेष रुपमा मनाएर विदाई गरिएको उहाँको भनाई छ । आफ्ना वर्ष भरिका दुःख विस्न पनि तिज पर्वले महत्वपूर्ण भूमिका खेलेको उपाध्यक्ष भण्डारिले बताउनुभयो । गीत संगीतबाट विभिन्न घट्ना, महिला माथि भएका अत्याचार शोषण लगाएतका विधा गीतमा समेटिएको भन्दै प्रशंसा गर्नु भएको थियो । पञ्चायतकालमा सभा, सम्मेलन गर्न नपाइने अवस्थाले तीज पर्वमा कार्यक्रम गरी राजनीतिक र सामाजिक व्यवस्थामा परिवर्तन ल्याउन सङ्गठित हुने मौकाका रूपमा मनाइएको स्मरण गर्नुभयो।

कार्यक्रम अथिति तथा गुठिचौर गाँउकार्यपािलका सदस्य बासमति कामीले अवको महिला परनिर्भर नभई आत्मा निर्भर बन्नुपर्ने वताउदै, महिलाले गर्न नसक्ने काम कुनैपनि नभएको वताउनुभयो । उहाँले भनुभयो, महिला माथिको हिंसा अन्त्य गर्न आत्मनिर्भर हुन आवश्यकता रहेकोमा जोड दिनुभयो । आफ्नो क्षमताको विकास गरौं र पुरुषसँग नझुकौ भनुहुदै, अवको महिला कमजोर नभएको चुनौति दिनुभयो । उहाँले भनुभयो, सबैभन्दा पहिला आफू सशक्त र स्वस्थ बन्नु पर्ने बताएकी हुन् । कहिलेकाहीँ आत्मनिर्भर र शिक्षित हुँदाहुँदै पनि नसोचेको घटना घट्ने हुँदा महिलाका समस्याहरू महिला समूहमा पुग्यो, भने ठुलै दुर्घटनाबाट बच्न सकिने भन्दै महिला समूहको धेरै महत्त्व रहेको उल्लेख गरेकी हुन् ।

गुठिचौर गाँउपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुस्मिता थापाले तिजलाई भडकिलो नभई समाजको रुपान्तरगर्ने उदेश्यले गरेको आयोजना महत्वपुर्ण भएको वताउनुभयो । विभिन्न गितबाट समाज भए गरेका घट्नाहरु समेटेर वनाएको थिए, उहाँले भनुभयो। तिज पर्वले पछिका पुस्तालाई संस्कार र संस्कृति सिकाउने हुँदा तिज विशेष कार्यक्रम गरिएको र हरेक पर्व सु–सभ्य तरिकाले मनाउनु पर्ने शाखा प्रमुख थापाले बताउनुभयो्। कार्यक्रममा गुठिचौर गाँउपालिका वडा ५का ९ महिला समुहले सहभागिता जनाएका थिए । हालको गुठिचौर वडा न.५ का साविकको देपालगाँउ गाविसका ९वटा वडाका ९ समुहको सहभागिता रहेको थियो ।

झारज्वाला महिला समुह वडा न.८ टिमको नेता उर्मिला भण्डारि, महादेव फुलबारि समुह वडा नम्बर ३ टिमको नेता माया नेपाली रहनु भएको थियो । महिला आयआर्जन समुह साविक वडा नम्बर ९ टोलि नेता बैशाखि दमाई, लालि गुराँस समुह वडा नं.२ टोलि नेता मुगा गौतम, मष्टमाडु समुह वडा नं.४ टिमको नेता रामशोभा खत्रि, भगवति समुह वडा नं.६ टोलि नेता नानि धिताल, कुलदेउता समुह वडा नं.७ टोलि नेता मंगला न्यौपाने, कालिका महिला समुह वडा नम्वर ५ टोलि नेता सुमिगा न्यौपाने, धुपिरुख आमा समुह वडा नम्वर १ टोलि नेता बाटु गिरि रहनु भएको थियो । सवै समुहलाई सम्मान पुरस्कारको व्यवस्था गरेको वडाले जनाएको छ ।

बालबालिका तथा समुह समुहमा महिलाहरुले नेपाली तीजका गीतहरुमा भरपुर मनोरन्जन लिदै कम्मर भाँचीभाँची नाचेका थिए, भने स्थानिय कलाकरहरुले प्रस्तुत गरेका नृत्यहरु, गायन तथा अन्य प्रस्तुतीले कार्यक्रमको साङ्गितिक माहोल झनै तताएको थियो ।

कार्यक्रमलाई रौनक बनाउन महिलाहरुको भिडमा पुरुषहरुले पनि प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा विभिन्न कार्यालयमा विभिन्न जिम्मेवारी सम्हालेर बसेका महिला दिदी–बहिनी भेला भएर तीज पर्वको अवसरमा एक–आपसमा शुभकामना दिई तीज विशेष कार्यक्रम मनाएको छ । कार्यक्रममा गुठिचौर गाउँपालिका उपाध्यक्ष शान्ति कुमार मल्ल भण्डारि, वडाध्यक्षहरु, सदस्यहरु तथा स्थानिय निकायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्