जेठ १ गते । लकडाउनको समयमा जुम्लाका अति बिपन्न ३५ जना अपाङ्गता भएका व्यक्तिलाई राहात बितरण गरिएको छ ।
सिबिएम नेपालको सहयोगमा आईएनएफ जुम्ला तथा अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रले सञ्चालन गरेको सवलता परियोजना अन्तरगत दृष्टिविहिन, ह्रीलचेयर र शारीरिक अपाङ्गता भएका अतिअशक्त व्यक्तिलाईहरुलाई २५ केजीको मनसुली चामल, तीन केजी दाल, २,२ लिटर तेल, २ पोका नून र आठ चक्की सानो डिटोल सावुन बितरण गरिएको अपाङ्ग पुनस्थापन तथा विकास केन्द्रले जनाएको छ । अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रका अनुसार पातारासीमा १३ जना, चन्दननाथमा १४ जना, तातोपानीमा ३ जना, सिञ्जामा एक जना र तिलाका १ जनालाई राहात दिईएको छ ।
सवालता परियोजना सुपरभाईजर गंगा देवानका अनुसार खाना अभाव भएका ति व्यक्तिहरुको तथ्यांक संकलन गरि स्थानीय वडा कार्यालयको समन्वयमा सहयोग गरिएको हो । अति आवश्यक व्यक्तिलाई राहात दिएपछि सानो भएपनि राहात गुणस्तरीय र राम्रो भएकोले पातारासी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कालिबहादुर बुढाले धन्यवाद व्यक्त गर्नुभयो ।
सवैभन्दा बिपन्न अपाङ्गता भएका छन् । उनिहरुको अवस्था लकडाउनमा मात्रै नभई जहिले पनि आर्थिक अभाव हुने हुन्छ तर यो वेला झन समस्या भएको अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रले जानकारी दिएको छ । अध्यक्ष नन्दराज धितालले स्थानीय सरकारले तथ्यांक संकलन गरेर राहात र जिविकोपार्जनमा सहयोग पुरयाउनुपर्नेमा जोड दिनुभयो । राहात पाएपछि अपाङ्गता भएका व्यक्तिहरु खुशी भएका छन् । चन्दननाथ नगरपालिका ९ का पशुपति शाहीले खुशी व्यक्त गर्नुभयो ।
सुमित्रा शाहीजेठ २, २०७७जुम्ला,
४१८ पटक
- थेल्स, टेस्ला र नरेश
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धीको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
- ज्येष्ठ र अपाङ्गता पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
- लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिकाः मुख्यमन्त्री कँडेल
- कर्णालीमा ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता’ भोलिदेखि
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा ‘जुम्ला घोषणापत्र’ जारी
- अब हाम्रो अभिभारा जनताको अवस्था बदल्नेः मुख्यमन्त्री
- औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम
- नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्छः मन्त्री भण्डारी