जेठ १ गते । लकडाउनको समयमा जुम्लाका अति बिपन्न ३५ जना अपाङ्गता भएका व्यक्तिलाई राहात बितरण गरिएको छ ।
सिबिएम नेपालको सहयोगमा आईएनएफ जुम्ला तथा अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रले सञ्चालन गरेको सवलता परियोजना अन्तरगत दृष्टिविहिन, ह्रीलचेयर र शारीरिक अपाङ्गता भएका अतिअशक्त व्यक्तिलाईहरुलाई २५ केजीको मनसुली चामल, तीन केजी दाल, २,२ लिटर तेल, २ पोका नून र आठ चक्की सानो डिटोल सावुन बितरण गरिएको अपाङ्ग पुनस्थापन तथा विकास केन्द्रले जनाएको छ । अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रका अनुसार पातारासीमा १३ जना, चन्दननाथमा १४ जना, तातोपानीमा ३ जना, सिञ्जामा एक जना र तिलाका १ जनालाई राहात दिईएको छ ।
सवालता परियोजना सुपरभाईजर गंगा देवानका अनुसार खाना अभाव भएका ति व्यक्तिहरुको तथ्यांक संकलन गरि स्थानीय वडा कार्यालयको समन्वयमा सहयोग गरिएको हो । अति आवश्यक व्यक्तिलाई राहात दिएपछि सानो भएपनि राहात गुणस्तरीय र राम्रो भएकोले पातारासी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कालिबहादुर बुढाले धन्यवाद व्यक्त गर्नुभयो ।
सवैभन्दा बिपन्न अपाङ्गता भएका छन् । उनिहरुको अवस्था लकडाउनमा मात्रै नभई जहिले पनि आर्थिक अभाव हुने हुन्छ तर यो वेला झन समस्या भएको अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रले जानकारी दिएको छ । अध्यक्ष नन्दराज धितालले स्थानीय सरकारले तथ्यांक संकलन गरेर राहात र जिविकोपार्जनमा सहयोग पुरयाउनुपर्नेमा जोड दिनुभयो । राहात पाएपछि अपाङ्गता भएका व्यक्तिहरु खुशी भएका छन् । चन्दननाथ नगरपालिका ९ का पशुपति शाहीले खुशी व्यक्त गर्नुभयो ।
सुमित्रा शाहीजेठ २, २०७७जुम्ला,
७६१ पटक
- कर्णाली प्रतिष्ठानकाे नेतृत्व चयन: वरिष्ठता, योग्यता र अनुभवलाई प्राथमिकता दिनुपर्छ
- नेकपा हिमा गाउँपालिका वडा अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
- साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासंग्रह लोकार्पण
- कुडारीस्थित करिब ४०० वर्ष पुरानो देवदारको रुख ढल्यो
- हुलाकमार्फत् आजदेखि घरदैलोमै सवारी लाइसेन्स ढुवानी सुरु
- कर्णालीकी ‘जेठी आमा’ शाहीको ११७ वर्षको उमेरमा निधन
- खडानन्द चौलागाईको ‘दशनामी समाजका भ्रम र खस सभ्यता’ कृर्ति लाेकार्पण
- चन्दननाथ सहकारीले पनि किसालाई फाईदा र गुणस्तर कायम राख्दै स्याउ बजारीकरण गर्ने
- कम्युनिष्ट एकताविना मुलुकको समृद्धि र रक्षा संभव छैनः नेता गुरुङ
- राष्ट्रिय प्रसारणकाे बत्ति जाेडिएपछि छानीगाडामा कुटानी पिसानी मिल सञ्चालन, स्थानीयलाई सहज









