OnlinePana

आज : २०८२ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन १९, २०७९
५८६ पटक

१९ साउन २०७९, बिहीबार

कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा लागु औषधसहित एक दम्पति पक्राउ परेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको लागु औषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिई गएको प्रहरी टोलीले जीवनकुमार सिंह र उनको श्रीमती बिमला बुढाक्षेत्रीलाई आज दिउसो १३ः३० बजे पक्राउ परेका हुन् । नौमुले गाउँपालिका २ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका ७ सुर्खेत गुरुङ चोकस्थित बाटु सार्कीको घरमा कोठा भाडा लिई बसेका उनीहरुलाई सोही स्थानबाट पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले शंकास्पद अवस्थामा कोठामा बसिरहेका दम्पतिलाई चेकजाँच गर्दा बुढाक्षेत्रीको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ एक पोका फेला पारी बरामद गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार लागु औषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

प्रतिकृया दिनुहोस्