OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २६, २०७९सुर्खेत
७५५ पटक

२६ असार २०७९, आइतबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विविधिताभित्रको एकता नै हाम्रो विशेष पहिचान भएको बताउनुभएको छ ।

मुख्यमन्त्री शाहीले मुस्लिम समुदायको महान् पर्व बकर ईद (ईद उल अजहा) को शभअवसरमा कर्णाली प्रदेशवासीसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “नेपाल एक बहुजातिय, बहुधार्मिक, बहुभाषिक र बहुसाँस्कृतिक देश हो । ‘विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान र आकर्षण हो ।’ यसले बहुधर्म र संस्कृतिले हाम्रो समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गर्दछ ।”

बकर ईद पर्वले समाजमा विद्यमान विभिन्न जातजाति, समुदायको संस्कृति र परम्पराको संरक्षण गरी हामीबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलापमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री शाहीले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ तुल्याउँदै यसले दीगो शान्ति कायम राख्न सकोस् भन्ने शुभकामना प्रकट गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस्