OnlinePana

आज : २०८२ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १९, २०७९
५६९ पटक

१९ असार २०७९, आइतबार

जिल्ला कारगार सुर्खेतमा क्षमता भन्दा बढी कैदी बन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राख्ने काम भएको छ ।

अहिले उक्त कारगारमा ७० जना पुरुष अट्ने ठाउँमा ३३२ र ३० जना महिला अट्ने ठाउँमा ४३ जना राखिएको जिल्ला कारागार सुर्खेतका सूचना अधिकारी (नायब सुब्बा) भुवन गौतमले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पुर्पक्षका लागि थुनामा ६६ पुरुष र ८ महिला रहेका छन् । सबै गरी उक्त कारागारमा ३७५ जना कैदीबन्दी खचाखच हुने गरी राख्नुपरेकाे अवस्था छ ।

त्यस्तै, जबरजस्ती करणीका १७, लागुऔषधका १५ जना रहेको रहेको सूचना अधिकारी गौतमले बताउनुभयो । “पछिल्लो समयमा बहुबिबाह र चोरीका मुद्दा बढ्दै गएका छन्,” उहाँले भन्नुभयो, “अदालतबाट बहुबिबाह गरेको कसुरमा जेल सजाय तोकिएका नौ र चोरीका आठ जना कैदी बन्दी रहेका छन् ।”

उक्त कारागारका जेलर लक्ष्मी खरेलले क्षमता भन्दा बढी कैदी बन्दी भएको समस्यालाई समाधान गर्ने नयाँ भवन बनिरहेको बताउनुभयो । “अब थप क्षमताको तत्काल अर्को भवनको निर्माण कार्य चालु आवमै सम्पन्न हुने गरी भईरहेको छ,” जेलर खरेलले भन्नुभयो, “एउटै ठाउँमा कैदीहरु खचाखच हुँदा संक्रमण बढ्ने खतरा भएपनि त्यसको प्रभाव परेको छैन ।”

प्रतिकृया दिनुहोस्