OnlinePana

आज : २०८३ जेठ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २२, २०७८जुम्ला
७५९ पटक

२२ माघ २०७८, शनिबार

तातोपानी गाउँपालिका ८ जुम्ला टोप्ला गाउँका एक महिलाको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

यही माघ २० गतेदेखि परेको भारी हिमपातका कारण टोप्ला गाउँ निवासी करिब ३८ वर्षीय जैकुवाँरा शाहीको हिउँमा कठ्याङ्ग्रिएर मृत्यु भएको सोही वडाका स्थानीय देवीलाल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला माघ २१ गते मृत्यु भएको हो ।

“पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी हिमपात भएपछि २१ गते त्यही हिउँमा कठ्याङ्ग्रिएर उहाँको मृत्यु  भएकाे हाे,” शाहीले भन्नुभयो, “गाउँ फर्कने क्रममा उहाँकाे मृत्यु भएकाे थियाे ।” सदरमुकाम जुम्लाबाट एकदिनको बाटो भएकोले प्रहरी प्रशासन पुग्न नसेकेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्