OnlinePana

आज : २०८३ जेठ १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १७, २०७८सुर्खेत
९३६ पटक

१७ पुस २०७८, शनिबार

नेपाल पत्रकार महासंघ सुर्खेतले ज्यान मान्र्नेसम्मको डर तथा धम्की दिनेमाथि कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई माग गरेको छ ।

आज महासंघ सुर्खेतद्वारा जारी प्रेस विज्ञप्तिमार्फत रातोपाटी अनलाइन डटकमका कर्णाली प्रदेश प्रतिनिधि पंखबहादुर शाहीलाई सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गरेर डर धम्की दिँदै ज्यान मार्नेसम्मको धम्की दिने राजकुमार शाही, भरत शाही ठकुरी र टिजंग शाहीलाई आवश्यक कारवाहीका लागि माग गरिएको हो ।

पत्रकार शाहीले यही पुस १५ गते ‘वीरेन्द्रनगरमा फेरि ठड्याइयो राजा वीरेन्द्रको सालिक’ शीर्षकमा समाचार लेख्नुभएको थियो । त्यही समाचारको विषयलाई लिएर ज्यान मार्ने धम्की दिने घटनामा संलग्नहरुलाई कारवाही तथा पत्रकार शाहीको सुरक्षाप्रति संवेदनशील बन्न महासंघ सुर्खेतले स्थानीय प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।

यता जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घटनाको प्रकृतिबारे भोलि नै बुझेर संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउने बताउनुभयो । यसका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षकलाई बुझ्न निर्देशन दिने उहाँको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस्