OnlinePana

आज : २०८३ जेठ १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १, २०७८सुर्खेत
८०० पटक

१ मंसिर २०७८, बुधबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही राहत सामग्री लिएर मुगु प्रस्थान गर्नुभएको छ ।

आज बिहान ८ः३० बजे नेपाली सेनाको हेलिकोप्टरमा खाद्य, ओढ्ने ओछ्याउने कम्बल, खाने भाँडाकुडा, त्रिपाल लिएर मुख्यमन्त्री शाही, नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, प्रदेशसभा सदस्य झोवा विक, प्रमुख सचिव राजकुमार श्रेष्ठ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यसहितको प्रदेश सरकारको टोली मुगु गएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काका अनुसार उक्त टोलीले २५० थान सिरक कम्बल, स्वीटर ज्याकेट, ७० केजीको २१ थान टेण्ट लिएर प्रदेश सरकारको टोली मुगु प्रस्थान गरेको छ । रेडक्रसलगायतका सामाजिक संस्थाहरुले अग्निपीडितहरुलाई खाद्यलगायतका सामग्री दिएको खबर आएकोले मंगलबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले खाद्यान्नलगायतका अन्य सामग्री आवश्यकताका आधारमा दिने निर्णय गरेको प्रवक्ता खडकाले बताउनुभयो ।

कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घरसहित करोडौंको धनमाल जलेर खरानी भएको थियो ।

प्रतिकृया दिनुहोस्