OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २५, २०७८जुम्ला,
५४० पटक

२५ साउन २०७८, मंगलबार

जुम्ला । राती १२ बजे फोन आयो, धने त्यहाँ पुग्यो भनेर । त्यसपछि मेरो मोवाईल अफ भयो । म दौडेर छिमेकीको घरमा गएर फोन गर्न थाले मलाई मेरो श्रीमान् हराएको भन्ने खबर जानकारी गराएनन । त्यहाँबाट सम्पर्क विहिन भएका श्रीमान् १० महिना नाघ्दा सम्म अवस्था थाहाँ नभएको भन्दै चन्दननाथ नगरपालिका ९ निवासी बेपत्ता भएका धन गिरीका श्रीमति मिनाले रुदै अवस्था पत्ता लगाउन सहयोग गर्न पत्रकारहरु सँग अनुरोध गर्नुभयो ।

काखमा छोरी वोकेर नेपाल पत्रकार महासंघ जुम्लाको भवनमा पुगेकी मिना सँगै वेपत्ता भएका व्यक्ति धन गिरीका दाजु भैर गिरी सहित आधा दर्जनबढि आफन्तले पत्रकार भेटघाट गरि हाल सम्म पनि बेपत्ता व्यक्तिको अवस्थाका बिषयमा अनुसन्धान ढिला भएको र अवस्था सार्वजनिक हुन नसकेको बिषयमा पत्रकार भेटघाटमा निरासा प्रकट गरेका छन् ।

जुम्लामा १० महिना अघि ट्याक्टर चलाउदै गर्दा बेपत्ता रहेका चालक धन गिरीको अवस्था सार्वजनिक गर्न आफन्तले पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी सहितका निकायलाई अनुरोध गरेका हुन् ।
वेपत्ता गिरीका परिवारले १० महिना सम्म पनि अवस्था जानकारी हुन नसकेको भन्दै आक्रोसित सहित ढिलाई गरे आन्दोलित हुने बताएका हुन् । जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ९ निवासी धने गिरी गत २०७७ असोज १५ गते गुठिचौर गाउपालिकाको पूर्वि देपालगाउँमा बाट हराएका थिए ।

हिडिरहेको ट्याक्टरमा अज्ञात समूहले लखेटदा सहचालक भागेर सम्पर्कमा आएपनि चालक गिरी वेपत्ता भएका थिए । चालक गिरीको अवस्था हाल सम्म पनि सार्वजनिक हुन नसक्दा अनुसन्धान ढिलाई भएको भन्दै परिवारले पत्रकार सम्मेलन गरि चाडै अवस्था सार्वजनिक गर्न अपिल गरेका हुन् ।

श्री मति मिना गिरी, भाई भैरे गिरी सहितका परिवार सदरमुकाम आई पत्रकार सम्मेलन मार्फत अपहरण गरि वेपत्ता गरिएका धन गिरीको सत्य तथ्य विवरण छानविन गरि पाउ भन्दै ध्यानाकर्षण गराएका छन् ।
बेपत्ता भएका धने गिरीका दाजु भैरेले पत्रकार भेटघाटमा तातोपानी ५ स्थित तिलानदीको किनारमा एक लाश भेटिएर दावी गरेपनि सो को डिएनए हाल सम्म हुन नसकेको भन्दै आक्रोस पोखेका छन् ।
दाई भैरेले २०७८ साल जेठ ७ गते विहान ७ः३० बजे एक शव भेटिएको र त्यसको छातिको भाग, चौडाई, उचाई उस्तै भएकाले प्रहरीमा पोष्टमार्टम गर्नुपर्छ भनेपछि पोष्टमार्ट गर्दा आएको नतिजामा चित्त बुझ्दो नभएको जानकारी दिनुभयो । उहाँले पोष्टमार्टममा दावी गरेका आफन्तलाई नवोलाउनु प्रहरीको ठूलो कमजोरी भएको जोड दिनुभयो ।

उहाँले पोष्टमार्टमा आएको रिपोर्ट अनुसार डिएनए परिक्षण गर्नका लागि २०७८ साल जेठ १० गते बेपत्ता भएका चालक गिरीको श्रीमति मिना र छोरा तिलकको रगत सहित जिप्रका जुम्लामा निवेदन दिएको भन्दै २ महिना सम्म पनि प्रतिवेदन नआएको आफन्तले जनाएका छन् । आफन्तले २०७८ साल जेठ ७ गते तातोपानी गाउँपालिकाको श्रीनगर चौरमा देखिएको लाशको हाल सम्म अन्य कसैबाट दावी समेत नभएकाले त्यो लाश वेपत्ता गिरी हुन सक्ने परिवारको दावी छ । आफन्त तुलाराज गिरीले १० महिना नाघि सक्दा पनि प्रहरीले पत्ता नलगाउनु हेलचेक्राई गरेको बताउनुभयो । अहिले सम्म अवस्था थाहा नभएको र एक हप्तामा अवस्था सार्वजनिक गर्न आफन्तले प्रहरीलाई अल्टिमेटम समेत दिएको छ ।

वेवारिसे शवको डिएनए परीक्षण गर्न पठाईएको छ : प्रहरी
यता जिल्ला प्रहरी कार्यालय जुम्लाले भने घटनाको एक पछि अर्को अनुसन्धान भईरहेको बताएको छ । प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार दुई जना अहिले पनि सुर्खेत जुम्ला उच्च अदालत ईजलासको आदेश अनुसार हिरासतमा रहेको बताउनुभयो ।

उहाँले गत जेठमा भेटिएको शवको कंक्रिट मात्रै रहेकाले स्थानीयको रोहवरमा प्रहरीले कर्णाली प्रतिष्ठानमा ल्याएको र पोष्टमार्टम प्रतिवेदनले वेपत्ता भएका धन गिरीको नभएको देखाएपछि आफन्तको आग्रहमा श्रीमति र छोराको डिएनए रगत सहित परीक्षणका लागि काठमाण्डौं पठाईएको जानकारी गरिएको छ । प्रहरी नायव उपरीक्षक थापाले विधि विज्ञान प्रयोगशालामा निषेधाज्ञाका विच कुनै साधन नहुदा मोटर साईकलमा जनशक्ति काठमाण्डौ पठाईएको बताउदै अनुसन्धानमा ढिलाई नभएको दावी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्