OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १४, २०७८सुर्खेत
६२८ पटक

१४ साउन २०७५, बिहीबार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले होटल व्यवसायीहरुलाई कोरोना खोपको व्यवस्था गर्ने बताउनुभएको छ ।

पहिलोसहित नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना भाइरसको महामारीबाट होटल क्षेत्र ठूलो चपेटामा परेको बताउनुभएका मन्त्री बुढाक्षेत्रीले आज होटल व्यवसायी संघ सुर्खेतको मागपत्र बुझ्ने क्रममा व्यवसायीहरुलाई खोप लगाउन पहल भईरहेको बताउनुभएको हो ।

यतिबेला हाम्रो प्राथमिकता भनेको नागरिकको स्वास्थ्य सुरक्षा हो । त्यही अनुसार सबै नागरिकलाई खोप लगाउने लक्ष्य राखेका छौं, उहाँले भन्नुभयो, अहिले ज्येष्ठ नागरिक, सरसफाईकर्मी र शिक्षकहरुलाई खोप लगाउने काम भइरहेको छ, । अब होटल व्यवसायी र यहाँ कार्यरत कर्मचारीहरु कोरोनाको जोखिममा रहेकोले केन्द्र सरकारसँग समन्वय गरी खोप लगाउन विशेष पहल गरिने उहाँको भनाई थियो ।

उहाँका अनुसार कोरोना महामारीको चपेटामा होटल व्यवसाय क्षेत्र पनि परेकोले यसलाई माथि उकास्ने कार्यक्रमहरु ल्याउने विषयमा पनि सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण भएको छ । होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकोले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारसँग अनुरोध गर्नुभयो ।

अध्यक्ष रावतले गुनासो पोख्दै भन्नुभयो, “राज्यले हामीबाट निरन्तर कर लिईरहेको छ । दुर्भाग्य बिगत दुई वर्षदेखि हामी थला परेका छौं । हामी समस्यामा पर्दा राहत प्याकेजका कुनै कार्यक्रम सरकारले लागु त गरेन नै अपितु, सरकाले कोरोना महामारीको खोप पनि दिन कञ्जुस्याईं गरिरहेको छ ।”

अध्यक्ष रावतका अनुसार सुर्खेतमा मात्र एक हजार २५० होटलहरुमा पाँच हजार कर्मचारीहरु रहेका छन् । संघले कर्णालीका होटल व्यवसायी र त्यहाँ काम गर्ने कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप लगाउनुपर्ने जोडदार माग राखेको छ ।

 

प्रतिकृया दिनुहोस्