OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १९, २०७८जुम्ला
५५१ पटक

१९ असार २०७८, शनिबार

सञ्चारकर्मीहरुलाई लक्षित सञ्चालन गरिएको एकीकृत प्रेस शिविर हुम्लामा सम्पन्न भएको छ । शुक्रबार नौ बुँदे घोषणापत्र जारी गर्दै शिविर सम्पन्न भएको हो।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालय, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिको संयुक्त आयोजनामा एकीकृत सञ्चार शिविर सम्पन्न भएको हो । सम्पन्न शिविरमा आधारभूत पत्रकारिताको ज्ञान, सीपदेखि पत्रकार आचारसंहिता, मिडिया कोषले उपलब्ध गराउने सुविधाका साथै न्यूनतम पारिश्रमिकबारे पनि जानकारी गरिएको थियो। उक्त प्रेस शिविरले जारी गरेको नौं बुँदे घोषणापत्र न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य नवराज महताले प्रस्तुत गरेका थिए ।

घोषणापत्रमा नेपालको पत्रकारिताले हुम्लाको विद्यमान प्राकृतिक, साँस्कृतिक, धार्मिक, पर्यावणीय विविधता भन्दा पछ्यौटेपनालाई दयामुखी तवरबाट समावेश गर्दा यहाँको नागरिकलाई हिनताबोध भएको वास्तविकतालाई आत्मसाथ गर्दै, राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यामलाई हुम्लाको विद्यमान बिम्ब परिवर्तन गर्न सकरात्मक र समुन्नतिको समाचार सामाग्री प्रकाशन तथा प्रसारण गर्न आग्रह गरिएको छ ।

प्रेस काउनिसल अन्तरगत मिडिया विकास कोषद्धारा प्रदान गरिदै आएको सञ्चारकर्मीहरुका लागि आवश्यक सामाग्री खरिदमा हाल दिदै आएको ४० प्रतिशत अनुदानलाई ६० प्रतिशतमा पुर्याउन र लोक कल्याणकारी विज्ञापनलाई ५० प्रतिशतमा वृद्धि गर्ने सवाल घोषणापत्रमा उल्लेख गरिएको छ । हुम्लासहित हिमाली जिल्लामा विभिन्न सञ्चार माध्याममा कार्यरत सञ्चारकर्मीलाई स्ट्रिन्जरका रुपमा काम गर्दै आएकोमा त्यसको सट्टामा पूर्णकालीन व्यवस्था गर्न पनि घोषणा पत्रले सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।

घोषणापत्रले सरकारले आर्थिक वर्ष ०७८।०७९ को बजेटमार्फत पत्रकारका लागि निःशुल्क उपचार गर्ने र रु.सात लाखको स्वास्थ्य बीमा कार्यक्रम ल्याएकोमा त्यसको स्वागत गर्दै पत्रकारका लागि सञ्चार सुविधामा ५० प्रतिशत छुट गर्न, शिविरले जारी भएका घोषणापत्रका उल्लेख भएको कुरालाई कार्यान्वयन गर्नका लागि पहल गर्ने द्दारणा राख्दै काउन्सिलका अध्यक्ष बस्नेतले दुर्गमको पत्रकारिताको विकासमा सबै क्षेत्रले ध्यान दिनु पर्ने जोड दिनुभएको थियो ।

शिविरमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम तथा अधिकृत केशवराज शर्मा, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, काउन्सिल सदस्य दीपक पाण्डे नेपाल पत्रकार महासंघका सचिव गोविन्द प्रसाद चौलागाई र प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललगायतको उपस्थिति रहेको थियो ।

घोषणापत्रको पूर्ण पाठ:

प्रतिकृया दिनुहोस्