OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीजेठ ३१, २०७८जुम्ला,
४८२ पटक

खलंगा जेठ ३१ गते । जल तथा मौसम विज्ञानले मौसम पूर्व अनुमानको बिषयमा अगाबै सूचना दिएमा क्षेति कम हुने बताएको छ ।
जलतथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले मौसम परिवर्तन पछिको क्षेति जोगाउन मौसम विज्ञानले दिईरहेको सूचना जनतामासमा पुरयाएमा क्षेति कम हुने भन्दै संचार माध्यामले सूचना प्रवाहमा विशेष जोड दिनुपर्ने बताउनु भयो । उहाँले सूचना प्रवाह समयमै भएमा नागरिकको धनजनको क्षेति कम हुनेमा जोड दिनुभयो ।

मर्सिक्रोप्स अन्तरगतको भकारी परियोजनाले आयोजना गरेको मनसुन पूर्व अनुमान तथा अर्लि सूचना प्रवाह बिषयको भर्चुअल अन्तरक्रियामा पराजुलीले प्रस्तुतीकरण गर्दै विभागले आफ्नो वेवसाईटमा तत्काल र एक दुई दिन पछिको समेत मौसम अनुमान राख्ने भएकोले यसलाई संचार माध्यामले प्रथामिकता दिई सूचना प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो ।

मौसम पूर्व अनुमानका मात्रै सूचना नागरिकले सही समयमा पाएमा धेरे धनजनको क्षेति कम हुने उहाँको जोड रहेको छ । उहाँले यसमा सरोकारवाला निकायहरुले समेत सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मौसम पूर्व अनुमान विभागले गर्ने काम, सेवा र नेपालको स्थितिको बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । पछिल्लो समय विभागले सूचना प्रणाली वेवसाईट, सामाजिक संजाल, ईमेल सूचना, मास एसएम एस सेवा, नोटिस वोर्ड सेवा, टेलिफोन मोवाईल सेवा संचालन ल्याएको उहाँले जानकारी दिनुभयो । यसैगरी ११५५ को टोलफ्रि नम्बरमा पनि सूचना लिन सकिनेछ ।
पछिल्लो समय नदिको सतहमा भने जोखिम नभएको उहाँको भनाई छ, मौसम विभागको हरेक आधा घण्टामा अपलोड गरिने सूचनामा कर्णाली सहितका नदिहरुमा बर्षातले केही पानी पर्ने भएपनि खतरा नहुनेमा जोड दिनुभयो ।
अन्तरक्रियामा कर्णाली प्रदेश सरकारका विपत व्यवथापन शाखा प्रमुख तथा अधिकृत कृष्णबहादुर रोकायाले बिपतमा सवैले सहकार्य गरेर अगाडि बढ्नुपर्छ र समन्वय थप बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सूचना प्रवाहमा साझेदारी गरेर अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

भकारी परियोजनाको डिपुटि प्रमुख ईन्द्र बरालले मौसम पूर्व अनुमानमा के गर्न सकिन्छ भन्ने बिषयमा महत्वपूर्ण छलफल भएको भन्दै सहभागी पत्रकारहरु र सवैलाई धन्यवाद सहित सहकार्य गर्दै कामहरु अगाडि बढ्ने, सूशुचित गर्ने काममा नयाँ योजना बनाएर अगाडि बढ्ने अनुरोध गर्नुभयो ।

भकारी परियोजनाको जुम्ला, मुगु र कालिकोट प्रमुख कलष्टर प्रमुख प्रकाश केसीले आगामी दिनमा यस्ता कार्यक्रम बढाउदै लैजाने र सहकार्यमा जोड दिने बताउनुभयोे ।
भचुअल वैठकमा कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, दैलेख, कालिकोट, मुगु र सुदुरको अछाम जिल्लाका पत्रकार महासंघका पदाधिकारीहरु, पत्रकारहरुको सहभागिता रहेको थियो । पत्रकारहरुले छलफलमा चाडै सूचना दिने माध्याम तयार गरिनुपर्ने, यसमा बिषयमा क्षमता अभिबृद्धिका कार्यक्रम ल्याईनुपर्ने, स्थानीय तहमा विपत समितिलाई यस बिषयमा जानकारी र सचेत बनाउन समन्वय हुनुपर्नेमा सुझाव दिएका छन् ।

पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले मौसम पूर्व अनुमानको बिषय नागरिकमा पुग्ने गरि समयन्त्र बलियो बनाउनुपर्नेमा सुझाब दिनुभयो । उहाँले बदलिदो मौसमले पर्ने असर र रोकथामका बिषयका कार्यक्रम बाक्लो गरिनुपर्ने, संचार माध्यामहरुमा सूचना प्रवाह गरिनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले नागरिकलाई मौसम परिवर्तन बिषयको छिटो सूचना दिन कसरी सकिन्छ, त्यसमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले यस बिषयमा क्षमता अभिबृद्धि तालिम समेत आवश्यक रहेकोमा सूझाव दिनुभयो । पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरत बिष्टले सवै संचार माध्यामलाई हरेक दिनको सूचना उपलब्ध गराउन सूझाव दिनुभयो । मुगु, दैलेख र अछामका पत्रकारहरुले पनि परियोजना र मौसम विभाग कार्यालय कोहलपुरलाई सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस्