OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,मंसिर १, २०७६जुम्ला,
४९४ पटक

खलङगा मंशिर । जुम्ला बिमानस्थलमा दशै तिहार देखी यता जहाँजबाट जिल्ला बाहिर जाने यात्रुहरु बढिरहेका छन् ।
अहिले प्रायगरी सडक सञ्जाल जोडिएपछि सडकबाट जानेको संख्या बढि हुन्छ तर आकस्मिक काम भएका व्यक्तिहरु, बिरामी, केही ज्येष्ठ नागरिक र महिला वालवालिकाको यात्रा जहाँजबाट हुने गर्दछ । तर बिमानस्थलमा कार्यालय खोलेर टिकट दिने र नाम लेखाउने पद्धति नभएका कारण सर्वसाधारण र पर्यटकका लागि हैरानी भएको छ ।
सर्वसाधारणले टिकटका लागि कहाँ जाने र कसलाई टिकट दिने भन्ने बिषयमा जानकारी नै नपाउने भएकाले अहिले पनि चिनेको आधारमा खल्तिबाटै टिकट बितरण गर्ने गरेको सर्वसाधारणले सर्वत्र गुनासो गरेका छन् । जहाँजमा उड्ने यात्रुको टिकट हातमा हुदैन । वोडिङपास पाएपछि मात्रै आफ्नो टिकट भएछ भन्ने निश्चित हुने भएकाले समस्या भएको छ । २ दिन देखी अस्पतालले रिफर गरेर पनि टिकट नपाउदा हैरान भएको हिमा गाउँपालिका ७ का विरामी नौतला शाहीले बताउनुभयो । उहाँलाई प्रतिष्ठानले कात्तिक २९ गते रिफर गरेको थियो तर ३१ ग्ते सम्म पनि जान नपाउदा समस्या भएको बताउनुभयो । विमानस्थलमा पुगेका पत्रकार महासंघका अध्यक्ष बरम बहादुर महत र पत्रकारहरुको पहलमा आईतवार टिकट प्रदान गरी पठाईएको छ । विमानस्थलमा मनपरी टिकट वितरणले सर्वसाधारणलाई समस्या भएको महासंघ अध्यक्ष महतले प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार महतका अनुसार काम परेर अशक्त विरामीका लागि हवाई यात्रा हो । नेता शक्ति र पहुँचवालाको गिरोहले गर्दा जहाँजको टिकटमा सर्वसाधारणलाई समस्या भएको छ ।
स्थानीय वेदबहादुर शाहीले बालवालिकाहरुलाई पनि टिकट दिन नमान्ने वालअधिकारको हनन् भएको जानकारी दिनुभयो । उहाँले आमालाई टिकट दिने र बच्चालाई टिकट नदिने कँही नियम नभएको भन्दै यसो भएमा अदालत जान वाध्य समेत हुने बताउनुभयो ।
प्रशासनलाई टेरेनन् जहाँजले ः
सर्वसाधारणले सजिलै टिकट पाउदैन भन्ने गुनासो संचार माध्याम सहित स्थानीयले गरिरहदा पटक पटक स्थानीय प्रशासनको उपस्थितिमा विभिन्न प्रकारका वैठकहरु हुने गर्दछन् । तर निर्णयहरु कार्यान्वयन भएका देखिदैनन् । २०७६ कात्तिक १७ गते प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे र चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल उपस्थित वैठकले सेल कार्यालयबाटै टिकट बितरण गर्ने निर्णय भएको छ । तर कार्यान्वयन हुन सकेको छैन् , टिकट खल्तिवाटै वितरण गरिरहेकोले विमानस्थल भित्रै होहल्ला हुने समस्या भएको नागरिक उड्यन प्राधिकरणका प्रमुख महेन्द्र सिंहले गुनासो गर्नुभयो । यता एयर लाईन्सले भने वाहिर कार्यालय खोलेर टिकट वितरण गर्दा कुनैवेला धेरै हुने र कुनैवेला यात्रु खोज्न जानुपर्ने वाध्यता रहेको तारा एयर जुम्लाका प्रमुख दिपक कठायतले बताउनुभयो । अर्को विभिन्न जहाँजले दोस्रो व्यक्तिलाई टिकट वितरण गर्ने जिम्मेवारी दिएका कारण झन समस्या छ, फोन अफ हुन्छन् । कर्मचारी विमानस्थल नभएको आक्रोस सर्वसधारणको छ ।
टिकट वितरण प्रणाली पारदर्शी नभएकाले फोनको आधारमा टिकट भन्नुपर्ने तर पर्यटकलाई समेत सास्ति हुने गरेको छ । धेरैजसो गाडि रिजव गरेर पर्यटक आउछन् तर ईमरजन्सी पर्यटक जहाँजवाट जानका लागि समस्या छ ।

प्रतिकृया दिनुहोस्