OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक २३, २०७६जुम्ला,
६१६ पटक

खलङ्गा कात्तिक । यहाँको मुख्य बजारमा रहेको नेवा किचनमा भिषण आगलागी भएको छ । आगलागी भने स्थानीय प्रशासन, सुरक्षा निकाय र नगरपालिका र स्थानीयको पहलमा नियन्त्रणमा लिन सफल भएको छ । सो होटलको माथिल्लो तलामा आगलागी भएको ५ मिनेटमै दमकल त्यहाँ पुगेपछि आगो नियन्त्रणमा लिन सफल हो ।
चन्दननाथ नगरपालिकाको दमकलले आगो नियन्त्रण गरेको छ । विहान ठिक ९ बजे आवाज आएको सुनियो वाहिर हेर्दा आगो दन्किरहेको थियो । आगो लागि पहिलो पटक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले आफै प्रत्यक्ष देख्नुभयो । जिल्ला प्रशासनबाट एकघर मात्रै उताको होटलमा आगोलागेको देख्दा उहाँले तत्काल नगरपालिका मेयर कान्तिका सेजुवाललाई फोन गरेर दमकल ५ मिनेटमै घटनास्थलमा पुगेको प्रजिअ बञ्जाडेले जनाउनुभयो । उहाँले समयमै सुरक्षा निकायका प्रमुखहरुलाई समेत खवर गरेपछि एकैछिनमा सवै घटना स्थलमा जम्मा भएर नियन्त्रणमा लागिसकेका थिए । दमकल वोलाउन नगरपालिकामा स्थानीयको दौडादौड समेत भएको थियो ।
खबर आउने बित्तिकै ५ मिनेटमै दमकल पुररयाउन सफल हुदा जुम्लाको पुरै शहर जोगिएको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दमकल हरेक दिन पानी भरेर अवस्था जाँच वुझ गर्ने गरिएकाले सजिलो भएकाले जानकारी दिनुभयो । दमकलका चालक लेख न्यौपानले चाडै दमकल पुयाएर क्षेति कम गर्न सफल भएको जानकारी दिनुभयो ।
यसैगरी चन्दननाथ नगरपालिका ५ का घरधनी नवराज श्रेष्ठको घरको माथिल्लो पुर्ण रुपमा जलेको र क्षेतिको एकिन विवरण प्रहरीले संकलन गर्दै गरेको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । उहाँका अनुसार समयमै दमकल, स्थानीय र सुरक्षाकर्मीको जोडमा आगो नियन्त्रणमा ल्याईएको छ । विधुत सट भएर आगलागी हुन सक्ने अनुमान गरिएको छ ।
जुम्लाको मुख्य बजारमा रहेको सो नेवा किचन ३ तले होटल यद्यपी जोगाउन नसकिएको भए एक पछि अर्को गर्दै मुख्य शहरका सवै नष्ट हुने डर हुने थियो । दमकलले जोगायो स्थानीय महेन्द्र कार्कीले बताउनुभयो । दमकलले आधा घण्टामै आयो नियन्त्रणमा लिएको थियो ।
मुख्य बजारका धेरै सडक साघुरा दम कल छिर्दैन ः
जुम्लाका कतिपय मुख्य बजारमा दमकल नै नछिर्ने भएकाले सो अनुसारको बाटोको आवश्यकता छ तथापी बढ्दो विकास सँगै यो ,बिषयमा ध्यान नदिएकोमा कतिवेला जोखिम हुने भन्ने डर रहेकोले तत्काल सवै स्थानमा दमकल र एम्वुलेन्स छिर्ने बाटो अनिवार्य हुनुपर्ने स्थानीयको गुनासो छ ।

प्रतिकृया दिनुहोस्