OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २८, २०७८जुम्ला,
८५५ पटक

खलंगा २०७८ जेठ २८, कर्णाली क्षेत्रको धार्मिक धरोहर चन्दननाथ मन्दिर चौतर्फी आक्रमणमा पर्दै आएको छ । यहाँको भौतिक सम्पति मास्ने काम भएपनि सरोकारवाला निकायहरु टुलुटुलु हेनु वाहेक केही छैन् ।

पछिल्लो समय धेरैले मन्दिरको जग्गामा लगाएका घर र टहरा भाडावालाहरुले समयमै भाडा नदिने समेत बेईमानी गरेको पाईएको छ । मन्दिर समितिले पत्रकारहरु सँग कुराकानी गर्दै २२ महिना सम्म पनि भाडा नदिएको आक्रोस पोखेको छ ।

मन्दिरका ५२ वटा घर र टहरा छन । ति सबै भाडामा लगाएका छन । मन्दिरको नाममा निर्माण भएका टहराको भाडा बार्षिक रुपमा रु ४२ लाख उठ्ने सम्झौता भएको लेखापाल रत्नप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक बर्ष २०७६।०७७ मा गुठी व्यवस्थापन समितिको प्रतिवेदनमा रु ३२ लाख ५८ हजार तीन सय ३३ रुपैया १२ पैसा भाडा उठेको छ । भने , अन्य आम्दानी गरेर ३८ लाख ४३ हजार २ सय २८ रुपैया ३ पैसा आम्दानी रहेको छ ।

मन्दिरका अनुसार नौ लाख ४० हजार भाडा उठ्न वाँकी रहेको थियो । यो बर्ष पनि धेरैले समयमै भाडा नदिएका मन्दिरले जनाएको छ । गत आर्थिक बर्षमा रु ३६ लाख ३७ हजार सात सय २६ रुपैया खर्च भएको लेखापाल आचार्यले जानकारी दिनुभयो । सो रकम मन्दिरको पुजा आजा र नौजना कर्मचारीको तलबमा खर्च गरिएको चन्दननाथ भैरव नाथ मन्दिर गुठी ब्यवस्थापन समितिले जनाएको छ । मन्दिरको सम्पतिमा सम्झौता अनुसार भाडा नदिनेलाई हुलाकबाट पनि पत्राचार गरेका छौ तर नटेरेको बताईएको छ ।

मन्दिरको भाडा २०७८ वैशाख मसान्त सम्म असुली गर्न वाँकी तथ्यांक रेकर्डमा उर्मिला श्रेष्ठले २२ महिना , सुकबिर बुढाले १६ महिना , प्रभा शाहीको १० महिना, सिता थापाले १९ महिना , भिन्चु लामा ७ महिना , सुसिल देवकोटा ९ महिना , लोकदर्शन श्रेष्ठ फारमको ५ महिना मिलको र २२ महिना घरको भाडा बुझाएका छैनन । त्यस्तै मुबारक सिद्दिकीले ६ महिना ,प्रविन श्रेष्ठले १० महिना र बिनोद शेरचनले २० महिनाको भाडा नबुझाएको लेखापाल रत्नप्रसाद आचार्यले कोरपाटीलाई जानकारी दिएका छन् ।

वैशाख मसान्त सम्म मन्दिरको टहारा बाट बाँकी उठ्नु पर्ने रकम रु १५ लाख ८ हजार २ सय ५३ रुपैया रहेको तथ्यांक छ । हामीले सम्झौता भएको रकम नबुझाउने ब्यक्तिलाई पटक पटक पत्रचार ग¥यौ । उनिहरुले उक्त पत्रको वेवास्था गरे । उनीहरुलाई दवाब दिनकै लागी हुलाक सेवा मार्फत पत्र पठाउदा पनि भाडा नवुझाएको मन्दिरका लेखापाल आचार्यले जानकारी दिनुभएको हो ।
आम्दानीको कसरी हुन्छ खर्च ?
बाहिरबाट खासै कुनै कामका लागि रकम नआएपछि मन्दिरकै भाडा र अन्य गरी झण्डै आधा लाख बर्षेनी उठ्ने गर्छ । तर यो कसरी खर्च हुन्छ भन्ने भन्ने बिषयमा सार्वजनिक सुनुवाई नभएको आम चासो र गुनासो रहेको छ । सो बिषयमा कोेरपाटीले सोधपुछ गरेको छ ।

मन्दिरमा कर्मचारीहरु एक जना खरिदार स्तरका लेखापाल, दुई जना पुजारी , एक जना जलरी र ५ जना सहयोगी कर्मचारी छन । उनीहरुको तलब न्युनतम ७ हजार देखी अधिकतम २७ हजार ५सय सम्म तोकिएको छ । सवैको मासिक तलब रु एक लाख २५ हजार खर्च हुन्छ । यसरी १२ महिनाको रु १५ लाख खर्च हुने देखिन्छ । अन्य पुजा आजाका विभिन्न कार्यक्रममा खर्च हुने गरेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । लेखापरीक्षणको खर्चमा बर्षेनी रु चार लाख ६५ हजार, गाईगोठ लगाएको दुई लाख छ सय ५४ रुपैया रहेको छ ।

अर्को महत्वपूर्ण कुरा भाडावालाले खातामा पैसा जम्मा नगर्ने पाईएको छ । टहरामा भाडा लियर चिया पसल ज्येष्ठ नागरिक काँसिराम भण्डारीले हामीले नियमित भाडा तिर्दै आएको बताउनुभयो । उहाँले भाडा तिरेको भौचर समेत राख्नु भएको छ । पैसा वैंक प्रणाली मार्फत नउठ्ने गरेको पाईएको छ ।

गुरुयोजना नवन्दा कुरुप :
दर्जनौ व्यवस्थापन समिति परिवर्तन भएपनि हाल सम्म मन्दिरको गुरुयोजना बन्न सकेको छैन् । गुरुयोजना नवन्दा वरीपरि जथाभावी घर सहित केही सरकारी कार्यालयहरु पनि निर्माण भएका छन् । पछिल्लो समयमा साना घरेलु कार्यालय रहेको स्थानमा ५ तले भवन बन्न लागेपछि मन्दिर ढाकिने चिन्ता धार्मिक शुभचिन्तकहरु बताउछन् । यो कुरामा न मन्दिर व्यवस्थापन समितिको समयमै ध्यान गएको देखिन्छ न सरोकारवाला निकायहरुको ? नवनिर्वाचित चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्ण सिंह कठायतले धार्मिक रुपमा चन्दननाथ र सिद्धगुफाको दृश्य नदेखिनुपर्ने अदालत र घरेलुको भवनले ढाकिदिएको गुनासो गर्नुभयो ।

यस बर्ष भने सरकारले गुरुयोजनाका लागि निति कार्यक्रममा राखेको छ । उपाध्यक्ष रत्नचन्द्र उपाध्यायले भाडा नदिएका कारण तालावन्दी गर्ने भनेका थियौ तर केही सहमति भएका बताउनुभयो । उहाँले कार्यसमितिको पहिलो उद्देश्य अधिकरण जग्गा फिर्ता लिनु, दोस्रो योजना बनाएर अगाडि बढ्ने बताउनुभयो । समितिले चन्दननाथ मन्दिर भित्रै र जिल्लाभरी गुठीको धेरै जग्गा अतिक्रमण भएको बताएको छ ।

प्रतिकृया दिनुहोस्