OnlinePana

आज : २०८३ आषाढ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २७, २०७८काठमाडौं
१२१९ पटक

 

 २७ जेठ २०७८

जुम्ला  ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना संक्रमणका कारण तातोपानी गाउँपालिका – १ राँकागाउँकी ३४ वर्षीया एक महिलाको मृत्यु भएको छ । विहिबार नै अस्पतालमा भर्ना भएकी महिलाको ६ घण्टापछि मृत्यु भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रवक्त डा रमेश भट्टराईका अनुसार मृतक महिला दीर्घ रोगी रहिछन् । किड्नी मुटु, हेमोग्लोविन पनि कम थियो । विहिबार नै अस्पतालमा भर्ना गरिएको हो । उनले भने आईसियू र भेण्टिलेटरमा राखेर उपचार गर्दा पनि उनले बचाउन सकिएन ।

यो घटनासँग जुम्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । हिमा गाउँपालिका – ७ का एक पुरुष, तिला गाउँपालिका – १ रारालिहिका एक जना पुरुष र गुठीचौर गाउँपालिका – ३ की एक महिलाको कोभिडका कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

जुम्लामा कोरोना संक्रमितको संख्या ५७४ पुगेको छ । यस्तै संक्रमण मुक्त हुनेको संख्या पनि ३३२ जना रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसन कक्षमा २७ जना उपचारतार्थ रहेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्