OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २५, २०७७काठमाडौं
११५६ पटक

 

पूर्वीय दर्शनले नारी जगतको सम्मानमा ठुलो भुमिका खेलेको छ। “यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता:” जहाँ नारीको पुजा वा सम्मान हुन्छ त्यहाँ देवता रमाउँछन् । नारी केवल घरको काममा सहयोगी नभएर धर्ममा अर्धािङ्गनी, धर्मपत्नी पनि हुन्। महाकालीले जस्तै दुष्टहरुलाई सम्हार गर्ने क्षमता शक्तिको रुप नारीमा छ। महालक्ष्मी जस्तै सबै क्षेत्रमा अर्थोपार्जन गर्न सक्ने क्षमता नारीमा छ। एवम् महासरस्वती जस्तै सबै विध्यामा निपुण विध्याशक्ती नारीमा हुन्छ ।

छोरा र छोरीको विभेद भन्ने सवालमा पनि “दशपुत्रसमा कन्या यस्यशिलवतिसुता” अर्थात सुन्दर शिल स्वभाव भएकी एउटि छोरी दस छोरा बराबर हुन्छ” भनेर उच्चतम स्थान दिएको छ । सबै देवि देवताको नाम पनि राधाकृष्ण , सिताराम, लक्ष्मीनारायण, गौरीशंकर आदि भनेर नारिकै स्थान अगाडि दिईएको छ । वेदले सबै भन्दा पहिलो मातृदेवो भव: आमालाई देवता मान अनि बल्ल पितृ देवो भव: अनि बाबालाई देवता मान भनेर आमाको ठाँउ अग्रस्थानमा राखेको छ। शिवको एउटा रात्री ( शिवरात्रि) आमाको नौ रात्रि ( नवरात्रि) ले पनि नारीको सम्मानमा सहयोग पुर्याएको पाईन्छ। “न गृहमित्यार्हु गृहिणी गृहमुच्यते” अर्थात घर त्यतिवेला मात्र घर हुन्छ, जतिबेला नारीको प्रवेश हुन्छ। यी सबै प्रमाणहरुले नारी जगत् को उच्च सम्मान हाम्रो पुर्वीय दर्शनमा गरेको पाईन्छ ।

हाम्रो संस्कार र संस्कृतिको संरक्षण गर्नु र मानव सभ्यताको सुरुवात देखि नै  जीवन उपयोगी हुने र जिवनका हरेक प्राप्तिका लागि साक्षात्कार प्राप्त गरि अज्ञानता बाट मुक्ती गराउन हाम्रो पुर्वीय दर्शनले खेलेको भुमिकालाई एकपटक मनन गर्न जरुरी छ । सहनशीलता, धर्य एवम् जीवनप्रती श्रद्वा सिकाउन वाधाबाट मुक्त भई जिवनयापन गर्ने, सहनशीलता, धर्यता, सामाजिकता, बौद्धिकता एवम्  परिपक्वताका साथै हिर्दय देखिनै नारी प्रतिको सम्मान भाव हामी आजका आधुनिक मानवमा हुन जरुरी छ। महिलाहरु अनुभवी, आत्मनिर्भर र परिपक्व भए भने मात्र समाज परिवार हुँदै राष्ट्र र अन्तग्व्त विश्व नै सम्पन्न ठहर्छ साथै महिलाको स्वाभिमानमा अाँच आउने, प्रताडित गर्ने, हिंशा गर्ने, होच्याउने, अपहेलना गर्ने  जस्ता कुराहरुलाई सबै बाट निरुत्साहित गर्न हामी सबै लागि पर्नु पर्ने कुरा आजको आवश्यकता हो।

 

महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार सहितको राष्ट्रिय नाराको मर्म पूरा गर्न कुनै एक पक्षबाट मात्र लचकता देखाएर महिलाका समस्या समाधान गर्न सकिदैन, यो यथार्थ हो। समयको नाजुकता राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्था, देश जनता र लोकतान्त्रिक गणतन्त्र प्रती प्रतिवद्ब रहि आआफ्नो पक्ष बाट पुर्ण लचकताका साथ महिलाको हितमा आवाज उठ्न आवश्यक छ।  गरिबी र बेरोजगारीको समस्याले ग्रामीण क्षेत्रका महिलाहरु पिल्सिएका छन् ।

उनिहरुलाई ग्रामीण क्षेत्रमै रोजगारीका अवसरहरु उपलब्ध गराई गरिबी हटाउन समन्वयात्मक प्रयत्न आवश्यक छ। समन्वयात्मक प्रयासबाट समाजका थुप्रै समस्याहरु सहजै समाधान गर्न सकिने हुँदा यस्तो प्रयासमा विभिन्न निकाय, समुदाय परिवार आदिलाई समेत सहभागी गराउन आवश्यक र महत्वपूर्ण  छ। लैङ्गक समानता महिला सशक्तीकरणका प्रयासलाई व्यापक रुपमा अघि बढाउने व्यवस्था गर्नुपर्छ  अनि मात्र महिलाको सुरक्षा, सम्मान र रोजगारले समृद्ध नेपालको आधार तय गर्न सक्ने छ।

आधुनिक विश्वले पुर्विय दर्शनलाई आत्मसात गर्ने सकेको अवस्थामा  नारि स्थानका सम्बन्धमा सभ्य समाज निर्माणमा टेवा पुग्ने नै छ।

              

लेखक ( अधिबक्ता अनिता तिमिल्सेना हुनुहुन्छ )

 

प्रतिकृया दिनुहोस्