OnlinePana

आज : २०८३ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १२, २०७७
१३११ पटक

 

१२ माघ २०७७, सोमबार

 

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली प्रदेशले मानव सेवा आश्रम सुर्खेतमा आश्रित रहेका मानवको कपाल काटेर केश सुधार गरेको छ ।

सौन्दर्यकर्मीहरुको एक समूहले आज मानव सेवा आश्रममा आश्रित मानवहरुको कपाल काटेर केश सुधार गरेको हो । केश काट्नुका साथै उनीहरुको व्यक्तिगत सरसफाइ गरिएको सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली प्रदेशका अध्यक्ष प्रमी शाक्यले बताउनुभयो । “मानवताको सेवा नै सर्वोत्तम कर्म हो“ भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै मानवसेवा आश्रममा आश्रितहरुको केश सुधार गरिएको अध्यक्ष शाक्यले जनाउनुभयो ।

मनव सेवा आश्रम कर्णाली प्रदेशका संयोजक सृजना ओलीले सौन्दर्यकर्मीहरुको यसप्रकारको सहयोगबाट निकै खुशी मिलेको बताउनुभयो । “सडकबाट आएकाहरुलाई सेवा गर्न मानिसहरु हत्तपत्त आउँदैनन्,” संयोजक ओलीले भन्नुभयो, “यद्यपि हाम्रो सानो अनुरोधमा युनियनका प्रदेश अध्यक्षले सौन्दर्यकर्मीहरुको साथ सहयोगमा केश सुधार गरिदिनुभएको छ ।”

कोरोना महामारीका कारण भएको बन्दाबन्दीले आश्रममा आश्रित आमाबुवाहरुको केश काटेर पवित्र सहयोग गरेको भन्दै सौन्दर्यकर्मी युनियन नेपाललाई हार्दिक धन्यवाद दिनुभएको थियो । उक्त युनियन नौ जना सौन्दयकर्मीहरुले ५० जना आश्रित मानवहरुको केश सुधार गरेका थिए ।

प्रतिकृया दिनुहोस्