OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही माघ ६, २०७७जुम्ला,
८४२ पटक

माघ ६ गते जुम्ला । नेपाल विधुत प्राधिकरणले जुम्लाले दैनिक लोडसेडिङ समय घटाएको छ । अव नेपाल विद्युत प्राधिकरणले जुम्लामा दैनिक सातदेखि साढे सात घन्टासम्म विद्युत दिने गरी नयाँ समय तालिका सार्वजनिक गरेको हो ।

राष्ट्रिय प्रसारण ग्रिड लाईन नपुगेको जुम्लामा यसअघि एक दिन बिराएर विद्युत आपूर्ति गर्दै आएको प्राधिकरणले अहिले दैनिक सातदेखि साढे सात घन्टा सम्म विद्युत उपलब्ध गराउने तालिका सार्वजनिक गरेको कार्यालय प्रमुख गौरव पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय प्रशारण लाईन नपुग्दै स्थापना भएको कार्यालयले वि.सं २०३९ सालमा जुम्लाको घुघुत्ति खोलाबाट निकालिएको बिजुलीको विधुत गृहबाट हाल बत्ति संचालनमा नियमितता ल्याएका छौ । प्राधिकरणले दुई वटा मेशिन ११०।११० किलोवाट जडित क्षमता भएका दुइटा युनिट रहेको लघुजलविद्युत आयोजनाबाट विधुत उत्पादन गरेको छ ।

पछिल्लो समय भारतीय दुतावासको सहयोगमा फेरिएका नयाँ मेशिन बिग्रेपछि मंशिर र पुष महिनामा विधुत आपुर्ति बन्द भएको जुम्लामा अहिले दुवै मेशिन वनेर संचालनमा आएपछि पहिले भन्दा केही राहात भएको छ । पानीको अहिले अभाव भएकाले पानी बढेमा थप व्यवस्थित गर्न सकिने विधुतले जनाएको छ ।

बढ्दो माग र पानीको अभाव तथा हाल जुम्लाबाटै उत्पादित सो घुघुत्तिबाट संचालन ल्याईएको बत्ति दुवै मेशिन बन्द भएपछि डिजेलबाट ३ दिनको दुई घण्टा समेत दिने गरिएको थियो ।
उपभोक्ताको अधिकार अनुसार दैनिक रूपमा विद्युत प्रयोग गर्न पाउने गरी नयाँ व्यवस्था गरिएको प्रमुख पाण्डेले दावी गर्नुभयो । नेपाल विधुत प्राधिकरणको भने ३३ केभी लाईन दैलेख हुदै जुम्ला पुरयाउने लक्ष्य अनुसार निर्माणाधिन भईरहेको जनाएको छ ।

यस्तो छ खास अवस्था : 
भारतीय दुतावासको सहयोगमा फेरिएका नयाँ मेशिन पटक पटक बिग्रने गरेपछि सास्ति भोक्नु परेको छ । जसका कारण ठूलो दवाव थेग्दै आएको प्राधिकरण राष्ट्रिय प्रसारणलाईन नपुग्दै एकातिर प्रसारणलाईनको काम शुरु र अर्को विगतमा साना जलविधुत आयोजनाले संचालन गरिरहेको विधुत संचालनको जिम्मा लिएको छ ।
प्राधिकरणरण सूचना जारी गर्दै विधुतको खास अवस्थाको वारे जानकारी गराएको छ ।
– बि.सं २०३९ सालमा उत्पादन भएको दुई सय किलोवाट क्षमताको विधुत उत्पादनलाई २२० किलोवाट अपग्रेट गरी संचालनमा ल्याएको
– २०५६ सालको ग्राहक संख्या १२०० बाट २०७७ जेटमा ३००० पुगेको
– हल सम्म पनि नेश्नलग्रिड नभएको
– रन अफ रिभर मा आधारित उत्पादन केन्द्रको क्यामेन्ट क्षेत्रमा बर्षात नभएको कारणले पिक हावरको – आफ्टर म्यानेज्मेन्ट) वाध्यात्मक रुपले विहान २ देखी ५, ८ देखी १० दिउसो ४ देखी ६ पावर हाउस बन्द गर्नुपर्ने अवस्था रहेको ।
– जिल्ला स्थित राजनैतिकदल, स्थानीय प्रशासन, पत्रकार, नागरिक समाज सहितले पटक पटक ध्यानाकर्षण गर्दै आएका ।
– खोलामा पानीको वहाव बढेको अवस्थामा अझ धेरै विधुत उत्पादन गरि व्यवस्थित गर्न सकिने ।

प्रतिकृया दिनुहोस्