OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीआषाढ १९, २०७६जुम्ला
५८४ पटक

खलंगा असार १९ गते । सामुदायिक विद्यालयमा विद्यार्थी थेग्नै नसकिने धेरै जसो उदाहरण छन् । तर यहाँका केही सरकारी सामुदायीक विद्यालयमा विद्यार्थी अभावमा शिक्षकनैे दिनभर वसेर घर फर्किन्छन् ।
जुम्ला सदरमुकामको मुटुमा रहेको श्री आधारभुत विद्यालय वालमन्दिरमा सरकारले १ देखी ३ कक्षा सम्म विद्यालयको स्विकृत दिएको छ । तर विद्यार्थी नै भर्ना हुन नआउने र आएका पनि छोडने दर बढेकाले विद्यालय सकसमा रहेको छ । शैक्षिक सत्र ०७६ सालमा विद्यालयको रेकर्डमा कक्षा एकमा १३ जना, कक्षा दुईमा ६ जना र कक्षा तीनमा ३ जना विद्यार्थी भर्ना भएका प्रधानाध्यापक पार्वति पौडेलले जानकारी दिनुभयो । यसैगरी ईसिडिमा भने २८ जना विद्यार्थी भर्ना भएका छन् । ईसिडि राम्रो संचालन भएको तर १ देखी ३ सम्म विदार्थीनै भर्ना हुन निकै कम आउने विद्यालयले जनाएको छ ।
यसैगरी सदरमुकाममै रहेको श्री अशोक प्रा.वि. आधारभुत विद्यालयको विद्यार्थी भर्ना नहुने र छोडने समस्या भयभह छ । विद्यालयको रेकर्डमा कक्षा १ देखी ५ सम्म ७१ विद्यार्थी छन् तर सोमवार पत्रकारहरु समाचार संकलन गर्नजादा जम्मा ४ जना विद्यार्थी मात्रै उपस्थित भएका थिए । कक्षा ५ का छात्रा १, कक्षा २ का छात्रा १ र ईसिडिका २ जना उपस्थित थिए । निजी विद्यालयहरुमा पढाउनु पर्छ भन्ने अभिभावकको सोचले सरकारीमा भर्नै नहुने र आएपछि छोड्ने दर बढेको प्रधानाध्यापक भगवति श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पटक पटक मर्च गरौ भनेर वैठक भए तर सुनुवाई नभएको गुनासो छ । विद्यार्थी नहुदा हामी विद्यालयमा त्यसै वस्नु परेको एक शिक्षिकाले गुनासो सुनाउनुभयो ।
दलित विद्यार्थीले धानेको विद्यालय ः
चन्दननाथ नगरपालिका वडा नं ४ मा रहेको उक्त अशोक प्रावि आधारभुत विद्यालयमा दलित, गरिव र जेहेन्दार विद्यार्थीहरु भने भर्ना हुने गरेका छन् । नगरपालिकाको वडा नं ४ अन्तरगतको सिंगाचौरमा रहेको दलित बस्तिका वालवालिकाले विद्यालय धानेको छ । जम्मा भर्ना भएका ७१ विद्यार्थी मध्य ५७ जना दलित विद्यार्थी भर्ना भएका विद्यालयले जानकारी दिएको छ । जसमा २६ दलित केटा र ३१ दलित विद्यार्थी केटी रहेका छन् । कापी, कलम, स्टेशनरी दिन्छौ तर भर्ना हुदैनन् प्रअ श्रेष्ठले थप्नुभयो । यसैगरी भर्ना अभियानमा पनि व्यापक सूचना तथा घरदैलो गरेपनि आउदैन, थप्नुभयो ।
सो अशोक आधारभुत विद्यालयमा शिक्षक भने प्रा.वि. दरवन्दीका ५ जना र ईसिडि एक जना गरी ६ जना रहेका प्रअ श्रेष्ठले जानकारी दिनुभयो । यता बालमन्दिर आधारभुत विद्यालयमा भने प्रावि दरवन्दीका दुई र एक आन्तरिक शिक्षक रहेको प्रअ पार्वति पौडेलले जानकारी दिनुभयो । शिक्षककै छोराछोरी वोडिङ्गमा पढाउने गरेकाले र जथाभावी निजी स्कुल खोलेकाले विद्यालयमा विद्यार्थी घटेका उहाँको भनाईछ ।
तीन कक्षामा तीन विद्यार्थी ः
आधारभुत विद्यालय वालमन्दिरमा पनि कक्षा तीनमा ३ विद्यार्थी भर्ना भएका छन् । सर्मिला रावल सहित तीन जनाले ३ कक्षा धानेको विद्यालयले जनाएको हो ।
सदरमुकाममै यस्तो समस्या भएपनि सरोकारवाला निकायहरु मौन रहेका छन् । शिक्षा विकास तथा समन्वय ईकाइ, नगरपालिकाले पनि यो बिषयमा एक्सन नलिदा यि विद्यालयहरु गुनासोको पोको हुदै आएका छन् । स्थानीय रामसिंह रावलले जुम्ला सदरमुकाममै यो समस्या भएपनि सरोकारवाला निकायहरु मौन भएको आक्रोस पोख्नुभयोे । चन्दननाथ नगरपालिकाले भने मर्च गर्नका लागि कार्यदल बनाईसकिएको बताएको छ । मेयर कातिन्का सेजुवालले यसको चाडै टुङ्गो लाग्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा नगरपालिकामा एक उपसचिव, एक विनि र एक प्रासको दरवन्दी भएपनि कोही पनि आउन नमानेकोले शिक्षा क्षेत्र संचालनमा कठिन भएको बताउनुभयो । यता शिक्षा विकास तथा समन्वय ईकाइले आफ्नो भूमिका कम भएको बताएको छ ।

प्रतिकृया दिनुहोस्