OnlinePana

आज : २०८१ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

लोकपृय बन्दै २५ प्रतिशत जग्गा रजिष्ट्रेन छुट

महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्यो

कोरपाटी संवाददातापौष २८, २०७५ जुम्ला
१०३५ पटक

जुम्ला । सरकारले जग्गा पास गर्दा महिलालाई छुट दिन थालेपछि जुम्लामा महिलाको नाममा जग्गा लिनेका संख्या बढिरहेको छ ।
मालपोत कार्यालय जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या वर्षेनी बढ्दै गएको हो । महिलाको नाममा जग्गा पास गर्ने महिलाहरुको संख्या बजार र गाउँपालिका क्षेत्रमा समेत बढ्दै गएको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।
कानूनी रुपमा सरकारले महिलाको नाममा महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्दा राजश्वमा २५ प्रतिशत छुट हुने भएकाले बढ्दै गएको बताईएको छ । मालपोत कार्यालय जुम्लाका अनुसार जग्गामा वर्षेनी महिलाको स्वामित्व बढ्दो क्रममा देखिन थालेकोछ ।
सरकारले २०६४ सालदेखि जग्गा रजिष्ट्रेशनमा छुट दिन थालेको हो । रजिष्ट्रेशनमा भारी छुट पाउने भएपछि जग्गा पासमा महिलाहरुको संख्या बढ्दै गएको मालपोत कार्यालय जुम्लाका राजश्व प्रमुख राजकुमार रावलले बताउनुभयो । जुम्लामा पहिला महिलाको नाममा जग्गा पास गर्ने चलन नभएको भन्दै उहाँले पछिल्लो केही वर्षदेखि महिलाको नाममा सम्पतीको पहुँच पुग्न थालेको छ ।
यहाँको जुम्ला जिल्लामा गएको साउन महिना देखि हालसम्म २ सय ३७ जना महिलाको नाममा जग्गा पास भएको रावलले जानकारी दिनुभएको छ । नेपालको संविधान २०७२ ले पनि सम्पत्ति तथा पारिवारीक मामिलामा महिलाको सम्मान हक हुने कुरा उल्लेख छ । जग्गामा महिलाहरुको स्वामित्व सम्वन्धी हक बिषयमा सरकारले गरेको नितिगत महिला सहभागिताको कार्यक्रम अन्तरगत महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्न छुट दिएपछि यो कार्यक्रम लोकप्रिय बन्दै गएको हो ।
क्याप्सन ः जिल्ला मालपोत कार्यालय जुम्ला तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्