
नेत्र शाही/जुम्ला,
जुम्ला —जुम्लामा उत्पादन हुने अर्गानिक रैथानेबालीबाट बन्ने परिकारको एक दिने मेला सम्पन्न भएको छ ।
रैथानेबालीबाट बनेका परिकार र यसको महत्वका बिषयमा उजागार गर्न कृषि जैविक विविधता र खाद्य परिकार प्रदर्शनी मेला आयोजना गरिएको थियो । मेलामा अर्गानिक खाद्यन्न औषधीजन्य गुण भएका जडीबुटीदेखि रैथानेबालीबाट बनेका विभिन्न परिकारको प्रदर्शनी गरिएको हो ।
जिल्ला खेलकुद विकास समितिको प्रांगणमा आयोजना गरिएको उक्त मेलाको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले मेलाको शुरुवात गर्नुभयो । उहाँका अनुसार ‘रैथानेबाली अहिले लोप हुने अवस्थामा छ । बाहिरबाट आउने विषादी मिसावट भएको खाद्यन्न खाइरहेका छौं । यो प्रदर्शनी किसानलाई रैथानेबालीको उत्पादन गर्न हौसला दिने विश्वास छ ।’ किसानले उत्पादन गर्ने, स्थानीय सरकारले बजार खोज्ने र व्यापारीले बजारमा लैजाने वातावरण सिर्जना गर्न प्रदर्शनीले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
चन्दननाथ नगरपालिकाको आयोजना तथा जिल्ला कृषि विकास कार्यालय जुम्लाको समन्वयमा यहाँ उत्पादन हुने पोषिला रैथाने अर्गानिक बस्तुको उत्पादन, संरक्षण, प्रवद्र्धन र बजारीकरणका सहज पार्न मेलाको आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । सो अवसरमा जिल्ला समन्वय प्रम्ुख आचार्य सहित चन्दननाथ नगरपालिकामा नगरप्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी खड्का सहित सरोकारवाला निकाय र स्थानीयले मेलाको अवलोकन समेत गरेका थिए ।












