OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २६, २०७७ सुर्खेत
११८९ पटक

 २६ असार, २०७७, शुक्रबार

नेपालमै पहिलो पटक रजिष्ट्रार र डीन पदको लागि खुला प्रतिस्पर्धा हुने भएको छ । मध्यपश्चिम विश्वविद्यालयका असार २२ गते एक रजिष्ट्रार र चार डीन पदको खुला प्रतिस्पर्धाका लागि दरखास्त आह्वान गरेको छ ।

मप विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंहले रजिष्ट्रार र डीन खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिने बताउनुभएको छ । उक्त विश्वविद्यालय मानविकी तथा समाजशास्त्र सङ्काय, लोकवार्ता विज्ञान विभागका विद्यार्थीसँगको आजको भेटघाट कार्यक्रममा उपकुलपति प्राडा.सिंहले योग्य, क्षमतावान र दूरदृष्टि साथ कामगर्न सक्ने व्यक्तित्वबीचको खुला प्रतिस्पर्धाबाट पदाधिकारी छनोट गरिने जनाउनुभयो ।

विश्वविद्यालयको विकास एवं हितमा सहयोग पुर्याउने हेतुले रजिष्ट्रार र डीन दुवै तहका चार रिक्त पदका लागि दरखास्त आह्वान गरिएको उहाँले बताउनुभयो । “यसरी रजिष्ट्रार र डीन पदमा प्रतिस्पर्धाबाट नियुक्ति गर्ने काम नेपालका विश्वविद्यालयको इतिहासमा पहिलो घटना हो,” उहाँले भन्नुभयो, “जुन मध्यपश्चिम विश्वविद्यालयले गरेको छ ।”

विश्वविद्यालयले आफ्नो वेवसाईटमा आवश्यक मापदण्डसहित रजिष्ट्रार र डीनको दरखास्त आह्वानको सूचना जारी गरेको छ । एक रजिष्ट्रारसहित मानविकी तथा समाजशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय र शिक्षाशास्त्र सङ्काय गरी चारवटा डीन पद विश्वविद्यालयमा रिक्त रहेको छन् । उहाँले यस अघि राजनीतिक शक्तिका आधारमा नियुक्ति गरिँदै आएको प्रणालीलाई तोड्दै आवश्यक मापदण्ड पुरा गरी खुला प्रतिस्पर्धाबाट सफल हुने उम्मेदवारलाई मात्र छनोट गर्ने बताउनुभयो ।

उहाँका अनुसार मप विश्वविद्यालयको पदाधिकारी नियुक्तिका क्रममा आउने जस्तासुकै दबाबसँग जुधेर अगाडि बढ्ने र विश्वविद्यालयको भ्रष्टाचारलाई शून्यमा झार्ने एवं पारदर्शिता कायम गर्नेतर्फ अधिकतम् जोड दिईनेछ । पदधिकारी नियुक्तिका क्रममा जस्तासुकै दबाब आएपनि त्यससँग जुधेर अघि बढ्ने उहाँको भनाई थियो ।

विश्वविद्यालयको विकास र यसको उचाई बढाउने सवालमा कोही कसैबाट असहयोग नहुने उपकुलपति प्राडा.सिंहले दृढता व्यक्त गर्नुभयो । मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिष्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री)बाट हुने र सोही ऐनको दफा २६ बमोजिम डीनको नियुक्ति कार्यकारी परिषद्को निर्णय अनुसार उपकुलपतिबाट हुने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्