OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २३, २०७७सुर्खेत
६३० पटक

२३ जेठ २०७७, शुक्रबार

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपमहासचिव तथा अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले वातावरण दिवस उच्च महत्वका साथ मनाउनुपर्नेमा जोड दिनुभएको छ ।

बन्दाबन्दीले औपचारिक कार्यक्रम हुन नसकेर सामाजिक सञ्जालमार्फत नेपाल सरकारलाई सुझाउँदै उपमहासचिव तिमिल्सिनाले बन्दाबन्दीसहित वातावरण दिवसलाई तीन दिनसम्म भव्य र व्यापक ढंगले मनाउनुपर्ने कुरामा जोड दिनुभएको हो । नोबेल कोरोना भाइरस (कोभिड–१९) को कारण यस वर्ष बन्दाबन्दीको अवस्थमा ४७औं विश्व वातावरण दिवस मनाईएको उहाँले जनाउनुभयो

हरेक वर्ष जुन ५ का दिन मनाईदै आएको विश्व वातावरण दिवस यसवर्ष मात्र ‘एक पृथ्वी’ को नाराका साथ विश्वव्यापी उत्सव बनाएर यसलाई मनाईएको बताउँदै उहाँले भन्नुभयो, “बन्दाबन्दीले कार्बन उत्सर्जनमा आएको कमीका कारण पृथ्वीको वातावरण अनुकूलनमा उल्लेख्य प्रगति हाँसिल भएको विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन् । वातावरण बिगार्ने तर संरक्षणमा उचित योगदान नगर्ने विकसित औद्योगिक, आणविक शक्ति सम्पन्न राष्ट्र र प्रकृतिको अनुचित दोहन तथा बेहोसी उपभोक्तावादी संस्कृतिको कारण भएको आजÞ सबैलाई थाहा भएको छ ।”

उहाँले नेपाल जस्ता थुप्रै निर्दोष मुलुकहरु र ग्रामीण नागरिकले विनासको परिणाम भोग्नु परिरहेको जिकिर पनि गर्नुभएको छ । वातावरण संरक्षणका लागि शतप्रतिशत योगदानमा आधारित उद्योग परियोजना मात्र सञ्चालन गर्न, अनुचित रुपमा प्रकृतिको दोहन र उपभोग बन्द गर्नुपर्ने उहाँको भनाई छ ।
विश्व समुदायले एकै पटक सामना गर्नु परेको कोभीड–१९ को कहर र लामों बन्दाबन्दीको अवस्थाले सिकाएको पाठको सम्झना स्वरूप आगामी वर्षदेखि वातावरण संरक्षणमा पुर्याउनुपर्ने योगदानका खाँतिर तीनदिन बन्दाबन्दीको घोषणासहित विश्व वातावरण दिवस मनाउन नेपालले राष्ट्रिय प्रतिबद्धतासहित संयुक्त राष्ट्रसंघमा लविङ गर्नुपर्ने धारणासमेत उपमहासचिव तिमिल्सिनाले व्यक्त गर्नुभएको छ ।

उहाँका अनुसार वातवारण दिवसका नाउमा औपचारिक समारोहमा हुने अनुचित खर्च बचत हुनेछ भने व्यापक रुपमा जनचेतना अभिवृद्धि हुनेछ । यो प्रस्तावको पक्षमा पर्याप्त आधारसहित छलफल गर्न आफू तयार रहेको र अन्य सम्बन्धित सरोकारवालाहरुलाईसमेत तयार हुन अपिल गर्नुभएको छ ।
त्यसैगरी, प्रस्तावका लागि वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील उपभोक्ता हित संरक्षण मञ्च, गैर सरकारी संस्था महासंघ, डिमान, डीपीनेट जस्ता संस्थाहरूले अभियान चलाउन सक्नुपर्ने भन्दै उहाँले सही एजेण्डा मुताविकको प्रस्ताव स्वरूप अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्