

नेकपा माओवादि केन्द्रको गुठिचौर गाँउपालिका कमिटीले सयुक्त श्रद्धाञ्जली कार्यक्रम गरेको छ । माओवादि केन्द्रको आयोजनामा गुठिचौर गाँउपालिकामा निधन भएका पाटिका योद्धाहरुको सम्झनामा कार्यक्रम गरिएको हो । मृतकको सम्मानमा एक मिनेट मौनधारणबाट कार्यक्रको सुरु गरिएको थियो । पार्टीका संगठित सदस्य तथा पाटिमा महत्वपुर्ण योगदान गरेका गुठिचौर गाँउपालिका वडा ३ का टसि वहदुर वुढा, वडा नम्वर ५ का रत्न वहादुर भण्डारि र वडा नम्वर ५ का विर्ष गिरिको फोटोमा माल्यार्रपण गरि श्रद्धाञ्जली अपर्ण गरिएको थियो ।
गुठिचौर गाँउपालिका वडा ३ का टसि वहदुर वुढा २००४ साल असार २३ गते जन्म भई २०८१ साल असार २८ गते निधन भएको हो । उहाँ गज्र्याङ्गकोटको पहिलो शिक्षक हुनुहुथ्यो, भने््, शिक्षक ्््रत्नचुडेश्वर माविमा वोहोरागाँउ, निजामति कर्मचारि, पंचायति व्यवस्थामा दुईपटक प्रधानपंच, २०७४को निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार, हाल माओवादिका जेष्ठ कम्युनिष्टका केन्द्रिय सदस्य, समाज सेवामा अंहम भुमिका लगाएत विभिन्न समाज सेवा गर्नु भएको थियो । उहाँले निजामति कर्मचारिबाट राजिनामा दिएर राजनितिक यात्रा सुरु गर्नु भएको हो ।
गुठिचौर गाँउपालिका वडा ५ का रत्न वहादुर भण्डारि २०१९ साल माघ ५ गते जन्म र २०८१ साउन १ गते निधन भएको थियो । उहाँले २०४९ सालमा नेकपा एकता केन्द्रका सदस्य, जनमुर्चाका देपालगाँउ गाविस वडा नम्बर ८ का निर्वाचित वडा अध्यक्ष समेत बन्नु भएको थियो भने, राजनितिक जिवनमा सेवाभावका साथ काम गर्नु भएको थियो । वडा नम्वर ५ का विर्ष गिरि २०२४ भदौ ५ गते जन्मभई २०८१ साल साउन १ गतेका दिन मृत्यु भएको हो । उहाँ २०६४ सालबाट नेकपा माओबादि केन्द्रमा आवद्ध भई माओवादिको सक्रिय सदस्य रहनु भएको थियो । उहाँले जातिय परिवर्तनका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्नु भएको थियो । उनिहरुको आत्माले शान्ति पाउस् भनि मृत्तकको सम्झनामा द्वीप प्रज्वलन समेत गरी समापन गरिएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा वोल्दै, मृत्तकका सपना पुरा गर्न जिल्ला पाटि, पालिका समिति एकमत भएर लाग्ने जिल्ला सह इन्चार्ज तथा पुर्व मन्त्रि गोमा गौतम कुवँरले प्रतिवद्धता गर्नुभयो । तिनैजना मृतकका आफ्न्तले ईतिहास नमेटाउन पनि उहाँको अनुरोध थियो । मृत्तकको बाटोलाई पछाई राख्न र उनिहरुको सपनाहरु पुरा गर्न परिवार पाटिका प्रतिनिधि सवै लाग्नुपर्ने उहाँले औल्याउनुभयो । हरेक कुरामा मार्ग दर्शन गर्ने विभिन्न जिम्मेवारिमा रहेर काम गरेका मृत्तक सवैप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले मृत्तकले माओवादि पाटि, ठाँउको विकासका लागी महत्वपुर्ण काम गरेको प्रशंसा गर्नुभयो । समाजले प्रत्याभूति दिलाउने खाल्को काम गर्न पालिका पाटि पंक्तिलाई गौतमले आग्रह गर्नुभयो । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गदै शोकमा रहनु हुने परिवारजन प्रति गहिरो दुःख प्रकट गर्दै समवेदना व्यक्त गर्नुभयो ।
त्यस्तै, माओवादि केन्द्रका केन्द्रिय सल्लाहकार सदस्य हरि वहादुर भण्डारिले शिक्षकको नर्मल तालिम गरेर गज्र्याङ्गकोटमा पहिलो शिक्षक, निजामति कर्मचारि वनेर काम गदै आएको र प्रंचायति व्यवस्थामा दुई पटक प्रधान वनेको, पाटिको कार्यक्रम जादासँगै जाने गरेको कुरा स्मरण गराउनुभयो । समाज परिवर्तनको खम्बा गुमाएको उहाँले वताउनुभयो । तिनैजना पाटिका बलियो, क्रियाशिल र सक्रिय सदस्य भएको भण्डारिले वताउनुभयो। उहाँले मृतकहरुका सपना सम्झनामा रहेको हुदा त्यसलाई पछाउदै अगाडि वढनुपर्ने वताउनुभयो । भण्डारिले मृतकको दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक भाबपूर्ण श्रद्धान्जली अर्पण गर्नुभयो ।
त्यस्तै, नेकपा माओवादिका जिल्ला संयोजक नवराज न्यौपानेले परिवारमा मात्र नभएर पाटिमा पनि ठुलो क्षतिले दुखित तुल्याएको वताउनुभयो । माओवादि पाटिमा गरेको योगदानले नभुल्ने र उहाँका सपनाहरुमा सार्थक वनाउन कटिवद्ध भएर लाग्ने वताउनुभयो । मृतक परिवर्तनका योद्धाका रूपमा सधैँ स्मरणमा रहनुहुने बताउँदै जिल्ला संयोजक न्यौपानेले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भनुभयो, मृतकले पाटिमा कार्यरत रही सार्वजनिक सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । दुखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धान्जली अर्पण गदै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समबेदना व्यक्त गर्नुभयो ।
त्यस्तै, तिनै जनाको मृत्यु भरणले पाटिलाई अपुरणियक्षेति भएको गुठिचौर गाँउपालिका पाटि समिति अध्यक्ष लाल वहादुर रावलले वताउनुभयो । उहाँले राखेका लक्ष्य उदेश्य पुरा गर्न तपाई हाम्रो काँधमा भएकोले सवै लाग्नुपर्ने वताउनुभयो । पालिका पाटि अध्यक्ष रावलले भनुभयो, अन्याय अत्यचार शोषण दमल सहन नसक्ने व्यक्ति भएको भन्दै प्रशंसा गर्नुभयो । राम्रो जिम्मेवारि निभाएर मृत्यु भएको वताउदै, श्रद्धाञ्जलि प्रकट गर्नुभयो । विचार र आस्थामात्र नभई समाज सेवाका साथ काम गनुपर्ने वताउनुभयो ।
गुठिचौर गाँउपालिका वडा ३ का भिम वहादुर वुढा(संकल्प)ले मृतकको तर्फबाट वोल्दै, बुवाको आत्माको चिरशान्ती कामना गदै, वैकुण्ठबासको लागि सदैव भगवानसँग प्राथाना गर्ने वताउनुभयो । वुवाको सपनाहरु सधै पछाउने उहाँको भनाई छ । बुवाको आत्मविश्वासीपन, कर्मठ, सहयोगी भावना र लगनशिलताले हामी परिवारलाई मात्र होइन, समाजलाई नै ठूलो पाठ सिकाएको वुढाले वताउनु भएको छ । उहाँले भनुभयो, हामीले बुवासँग बिताएका साना–साना पल पनि त्यतिकै मूल्यवान् रहेको वताएका छन्।
स्वर्गीय वडा ३ का वुढा, वडा नम्वर ५ का भण्डारि र वडा नम्वर ५ का गिरिको श्रद्धाञ्जली कार्यक्रमा नेकपा माओवादि केन्द्रका सल्लाहकार, जनवर्गिय संगठनका प्रमुख, मृत्तकका आफन्त, अन्य स्थानिय लगाएतले श्रद्धाञ्जली अपर्ण गर्नुभएको थियो । माओवादिका पालिका सचिव मयादत्त आचार्यको सञ्चालनमा अघि बढेको कार्यक्रममा जिल्ला अध्यक्ष नवराज न्यौपानेले मन्तव्यसहित लिखित समवेदना पत्र हस्तान्तरण गर्नुभएको थियो । परिवारको तर्फबाट भिम वहादुर वुढाले पनि शोकमन्तव्य राख्नुभएको थियो । तिनै जनाको मृत्युले पालिका वासीको मुटु नै छोएको देखियो, कार्यक्रममा सबै भावुक भएका थिए ।