OnlinePana

आज : २०८१ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २, २०८१सुर्खेत
१६३ पटक

१ असार २०८१, शनिबार

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट आज ल्याउने तयारी गरेको छ ।

कर्णाली प्रदेशसभाको आज दिउसो ३ः०० बजे बस्ने चौथो अधिवेशनको दशौं बैठकमा बजेट प्रस्तुत हुने कार्यतालिका रहेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो । बजेट प्रस्तुत आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले गर्नुहुने भएको छ । बजेट प्रस्तुत गर्नुपूर्व प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बस्ने तयारी भइरहेको छ ।

यही जेठ २३ गते प्रस्तुत नीति तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य र मान्यतालाई आधार मान्दै यो वर्ष प्रदेश सरकारले रु.३३ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्