OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २९, २०८१जुम्ला
३५९ पटक

गुठिचौर गाउपालिका वहुक्षेत्रिय पोषण कार्यक्रमले वडामा उपलब्धीमुलक काम गरेको छ। वडा नम्वर ५मा पोषणमैत्रि वडा वनाउने अभियान अन्र्तगत गुठिचौर गाउँपालिकामा पोषणमैत्रि जनचेतनामुलक देउडा तथा नाटक प्रस्तुत गरिएको छ। गुठिचौर गाँउपकिलकाको वडालाई पोषणमैत्रि वडा वनाउने अभियान अन्र्तरगत पोषणमैत्रि जनचेतनामुलक देउडा तथा नाटक गरिएको हो ।

‘सवैका लागी पोषण, सधैकालागी पोषण’ भन्ने मुल नारा सहित गुठिचौर गाउँपाालिकाको साविकको देपालगाँउ गाविसका नौ वटा वडाका ८ टिमले पोषणमैत्रि जनचेतनामुलक विषयक देउडा गित प्रतियोगिता सम्पन्न भएको हो । गुठिचौर गाउँपालिका वहुक्षेत्रिय कार्यक्रम आयोजना तथा चिमारा मालिका बाल क्लबको सहजिकरणमा उक्त कार्यक्रम गरिएको वहुक्षेत्रिय पोषण कार्यक्रमका सहजकर्ता जगि धितालले जानकारी दिनुभयो ।

देउडा गित प्रतियोगिता तथा नाटक प्रर्दशन गरिएको उहाँले जानकारी दिनुभएको छ ।

त्यस्तै, गुठिचौर गाँउपालिका उपाध्यक्ष शान्ति कुमारि मल्ल(भण्डारि)ले यो आर्थिक वर्षमा वडालाई पोषणमैत्रि वडा घोषणा गर्नका लागी जिम्मेवार शाखाले कामलाई तिव्र गतिमा निरन्तरता दिन निर्देशन गर्नुभयो । उहाँले कर्णाली प्रदेशको पहिलो पोषणमैत्रि वडा घोषणाका लागी तयारि थालिएको वताउनु भएको छ । समाजका हरेको मस्तिष्र्क विकासका लागी पोषणयुक्त खानेकुरा आवश्यकता रहेकोमा उपाध्यक्ष भण्डारिको जोड छ । उहाँका अनुसार, देउडा कार्यक्रम र नाटक प्रर्दशनले समाजमा केहि जनचेतना दिएको वताउनुभयो ।

त्यस्तै, स्वच्छ खानेपानीको ब्यवस्थापनमा सहयोग साथै स्वास्थ्य संस्थाहरुमा आवश्यक उपकरणहरु सहयोग कार्यक्रम सञ्चालन गरिदै आएको र अवको योजना कार्यक्षेत्र अन्तरर्गतका वडामा पोषणमैत्री वडा घोषणा गर्ने लक्ष रहेको वडा अध्यक्ष कमल वहादुर महतले बताउनुभयो । पालिकाको ५ वडालाई पोषणमैत्रि वडा घोषणा गर्न जनप्रतिनिधि, कर्मचारि आम जनताले सहयोग गर्नुपर्ने अध्यक्ष महतले वताउनुभयो ।

त्यस्तै, आज भएको जनचेतनामुलक देउडा गित तथा नाटक प्रर्दशनबाट साधारण मानिसले पोषणको वारेमा प्रष्ट वुझेको गुठिचौर गाँउपालिका वडा ३ का वडा अध्यक्ष इन्द्र वुढाले वताउनुभयो । जनप्रनिधि र कर्मचारिले मात्रै काम गरेर पोषणमैत्रि वडा वनाउनु सबैले आफनो ठाँउबाट सहयोग गर्न उहाँको अग्रह छ । वडा अध्यक्ष वुढाका अनुसार,रैथाले वालिको संरक्षण तथा प्रवद्र्धन गरि आयातित खाद्य वस्तुलाई निरुसाहित गर्नसके पोषणमैत्रि वडा घोषणमा सहज हुने धारण राख्नुभयो ।

गाँउपालिका वहुक्षेत्रिय पोषण कार्यक्रमद्धारा आर्थिक वर्ष ०८०÷०८१मा ८ वटा भन्दा धेरै कार्यक्रम भएका छ । आगामी आर्थिक वर्षमा गुठिचौर गाँउपालिका वडा ३ र ५ मध्य एउटा वडालाई पोषणमैत्रि वडा वनाउने लक्ष्यका साथ काम भईरहेको पोषण सहजकर्ता जगि प्रसाद धितालले वताउनुभयो । उहाँले भनुभयो, पोषणमैत्रि वडा घोषणाका लागि यो आर्थिक वर्षमा पालिका स्तरिय बैठक संचालन ३ पटक, वडा स्तरिय बैठक संचालन वडा नं १ देखि ५ सम्मा, विपन्न सुनौला हजार दिनका ३८ जना आमालाइ बेमौसमी तरकारि खेतिको लागि पलाष्टिक टनेल, षाडेन पाइप,सुनौलो हजार दिनका आमालाई स्प्रिकलर र विभिन्न तरकारि बिउ वितरण, पोषणमैत्रि वडा तयारिको लागि टोल समिति गठन,पोषण प्रोफाइलको लागि तथ्याङ्क संकलन काम गरेको वताउनुभयो ।

पालिका पोषण सहजकर्ता धितालका अनुसार, पोषणमैत्रि अभियानका लागि क्षमता विकास तालिम, किशोर किशोरी, सुनौला हजार दिनका आमा, महिला स्वंयम सेविका, स्वास्थ्यकर्मीहरुलाइ पोषण सम्बन्धि क्षमता विकास तालिम, २सय जना सुनौला हजार दिनका पालिकाको वडा नं ३ र ५ का विपन्न आमालाइ आयआर्जन तथा पोषणको लागि मासु अण्डामा पहुच पुर्याउने उदेश्यले कुखुरा चल्ला वितरण गरिएको जानकारि दिनुभयो ।

त्यस्तै, विद्यालयमा बालबालिकाहरुलाइ दिवा खाजा तथा सफा खानेपानिका लागि तथा खानेपानिको लागि फिलट्र बितरण दिवा खाजा खानको लागि पिलेट र चम्चा सहयोग, पोषण कर्नर पालिका तथा वडा र बिद्यालयमा राख्ने तयारि सुनौला हजार दिनका आमालाइ कृषि सामाग्रि तथा सिजनल बिउ बितरण गर्ने तयारि लगायतका काम हुदै छन । पालिकाका शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिका, खानेपानी तथा सरसफाई, शुसासन, स्वास्थ्य चौकी, बहुक्षेत्रीय पोषण, खाद्य सुरक्षा समिति श्रोत लगाएत शाखाले तिव्ररुपमा काम गरेमा छिटो पोषणमैत्रि वडा घोषण गर्न सकिने छ् । कुपोषणको समस्या सुधार्न एक दिनको मात्र पहल र प्रयास पर्याप्त नहुन सक्छ ।

प्रतिकृया दिनुहोस्