OnlinePana

आज : २०८१ बैशाख १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २८, २०८० जुम्ला,
५५० पटक

चैत्त २८ गते । माओवादी केन्द्रका जनप्रतिनिधिले कार्यप्रगति बिवरण सार्वजनिक गरेका छन । निर्वाचित भएको दुई वर्ष पुग्न थालेको भन्दै यस अवधि भित्र गरेका कार्यप्रगति बिवरण पत्रकार भेटघाट गरी सार्वजनिक गरेका हुन ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) जुम्लाका निर्वाचित उपाध्यक्ष, वडाध्यक्षहरुले चैत २८ गते र (ख)का मा २९ गते दुई वर्षको प्रगति विवरण सार्वजनिक गर्नका लागी नेकपा माओवादी केन्द्रले निर्देशन गरेको थियो । जस अन्तरगत प्रदेश निर्वाचन क्षेत्रमा (क) का ३० वटा वडाध्ये ९ वटा वडामा माओवादी केन्द्रका वडाध्यक्ष र तातोपानी गाउँपालिका र पातारासी गाउँपालिकामा उपाध्यक्ष नेतृत्वको प्रतिनिधित्व छ । तातोपानीमा १,उपाध्यक्ष सहित एक वडा ,गुठीचौरमा १,पातारासीमा एक उपाध्यक्ष र ३ वडाा र चन्दननाथ नगरपालिकका ४ वटा वडामा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि रहेका छन ।

चन्दननाथ नगरपालिका वडा नम्बर ५, ९ र १० नम्बर वडाकाध्यक्षले दुई वर्षको प्रगति विवरण सार्वजनिक गरेका छन् । वडा नम्बर ५ का वडाध्यक्ष विर्खबहादुर कार्कीले आफ्नो वडाले नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिकता दिएको बताए । उनले पाँच वडाका सबै नागरिकको स्वास्थ्य बीमालाई वडाले गरेको बताए । उनका अनुसार गत आर्थिक वर्षमा वडामा प्राप्त भएको ६० लाख मध्ये १० लाख कार्यालय संचालनमा, पुँजिगत तर्फ २२ लाख र प्रवद्र्धनात्मक कार्यक्रममा २८ लाख खर्च भएको बताए ।उनले गत वर्ष वडाका सबै नागरिकको स्वास्थ्य बीमा गराउँदा ७ लाख ५० हजार रुपैयाँ खर्च भएको बताए ।वडाध्यक्ष कार्कीका अनुसार यस वर्ष ९ लाख १४ हजार रुपैयाँ बीमाका लागि खर्च हुने देखिएको छ ।

आफ्नो कार्यकाल भरीमा नागरिकको बीमा वडाले नै गरिदिने बताउका छन । यस वर्ष चन्दननाथ नगरपालिकाले पाँच वडाको लागी भनेर २४ लाख रुपैयाँ पठाएको छ । अध्यक्ष कार्कीले भने, पहिले १६ लाख दिने भनेको थियो । हामीले स्वकार नगरेपछि ८ लाख थप गरी २४ लाख रुपैयाँ वडामा आएको छ । बस्ति स्तरका योजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको उनको दाबी छ ।

त्यस्तै वडा नम्बर १० का वडाध्यक्ष नमराज शाहीले गत वर्ष वडामा ७२ लाख रुपैयाँ प्राप्त भएको सार्वजानिक गरे । उनले उक्त रकम मध्ये प्रवद्र्धनात्मकतर्फ ४० लाख, प्रशासनिक खर्चतर्फ ८ लाख र विपद्बाट भत्केका योजनाको मर्मतमा २५ लाख रुपैयाँ खर्च भएको जानकारी दिए ।

वडाध्यक्ष शाहीले ७२ लाख रुपैयाँबाट १० वटा योजना निर्माण भएका बताए ।उनका अनुसार खल्ला गाउँका २० वटा घरमा एक घर, एक धारा निर्माण भएको छन । वडाबासिलाई शुद्ध पानी उपलब्ध गराउनका लागि वडाले एक घर, एक धारो अभियानालाई निरन्तरता दिएको बताए । उनले खानेपानी आयोजनाबामट झण्डै ३ सय जनाले लाभ लिएको बताए ।

त्यस्तै वडा नम्बर ९ का वडाध्यक्ष भीमवहादुर रावतले गत वर्षमा नगरपालिकाबाट वडामा ७२ लाख रुपैयाँ प्राप्त भएको बताए । उनले प्रशानिक खर्चतर्फ ७ लाख, प्रवद्र्धनात्मकतर्फ २२ लाख, पूर्वाधारतर्फ ३३ लाख रुपैयाँ खर्च भएको जानकारी दिए । कार्यपालिका सदस्य दुई जनाको नाममा १० लाख, मेयर र उपमेयर कार्यक्रमबाट १० लाख रुपैयाँ वडामा आएको रावतले बताए । वडाध्यक्ष रावतका अनुसार, यस वर्ष चालुतर्फ १५ लाख, प्रवद्र्धनात्मक र पूर्वाधारतर्फ २४ लाख रुपैयाँ वडामा आएको जानकारी गराउनु भयो । यो वर्ष मेयर र उपमेयर कार्यक्रमबाट ४ लाख ५० हजार रुपैयाँ र कार्यपालिका सदस्यको नाममा ६ लाख रुपैयाँ वडामा आएको उनको भनाइ छ । उनले महिला स्वयम सेविकालाई मोबाइल बितरण शिक्षा स्वास्थ्य र महिला बालवालिका लक्षित कार्यक्रम गर्दै आएको बताए । उनले दुई वर्षको अवधिमा श्रीढुस्का गाउँभित्र जाने बाटो निर्माण, उम्गाड देखि चिहान घाटसम्म जाने बाटो निर्माण, बयालकाटिया गाउँको पहिरो राकथाम र तलिउम गाउँमा हिलोमुक्त गोरेटो बाटो निर्माण लगाउतको काम सम्पन्न गरेको उनको दाबी छ ।

माओवादीबाट निर्वाचित भएका गुठीचौर ५का वडाध्यक्ष कमल बहादुर महतले शिक्षा स्वास्थ्यलाई प्रथामिकता दिएको बताए । उनले बिद्यालयमा स्वच्छ खानेपानी निमार्ण शिचाई ,कुलो आरसिसि लगायतका काम भएका छन ।यस वर्ष सडक नपुगेका ठाउका सुत्केरी महिलालाई अस्पताल सम्म लिनका लागी स्टेचर बितरण गरिएको छ । उनले भने,‘वडामा बजेट अभाबका कारण जनअपेक्षा अनुसार काम गर्न नसकिएको बताए । उनका अनुसार गत्त वर्ष रु ६० लाख आएकोमा यस वर्ष ५५ लाख वडामा आएको बताए । उनका अनुसार आगामी दिन महिला र वालवालिका हक अधिकारका लागी काम गर्ने सोच बनाईएको छ ।

त्यस्तै प्रदेश (ख) मा १० वटामा माओवादी केन्द्रका वडाध्यक्षहरु छन् । तिलामा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहित २, हिमामा २, वडा ,सिंजामा अध्यक्ष उपाध्यक्ष सहित २ वडा र कनकासुन्दरी गाउँपालिकामा ४ वडामा जना माओवादी केन्द्र निजकटका जनप्रतिनिधि रहेका छन । यही २८ गते उनिहरुले विहिबारका दिनमा प्रगति विवरण सार्वजनि गर्ने भएका छन ।
जिल्लाको गुठिचौर गाउँपालिका वडा नम्बर ५ मा पनि पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । वडाध्यक्ष कमल महतले वडापालिकामा भएका कार्यक्रमको प्रगति प्रतिवेदन सार्वजनिक गर्नु भएको हो । उहाँले रु ६० लाख बजे आएकोमा, ५५ लाख आएको जानकारी गर्दै उहाँले कालिका आधारभुत विद्यालयलाई डिजिटल विद्यालयको नमूनाको रुपमा निर्माण गरिएको जानकारी गर्नुभयो । उहाँले कालिका आधारभुत विद्यालयमा शुद्ध खानेपानी र त्रिभुवन मावि झारज्वालामा खानेपानीको लागि सहयोग गरिएको, कृषिमा आरसिसि क्यानल गरिएको छ । कुम्डिमा ठाडोबाटो बनाएका छौ । देपालगाउँमा पनि बाटो २०८०,८१ बनाईनेछ । लामपाटामा सिँचाई सम्पन्न गर्ने प्रक्रियामा छौ ।

उहाँले त्रिभुवन माविको गुणस्तर क्षेत्रमा जोड दिन प्रयास गरिएको छ । उहाँले हिलो मुक्त गाउँ बनाउने योेजना रहेकोमा जोड दिनुभयो । पत्रकार भेटघाटमा पत्रकारले सामाजिक क्षेत्रका काममा जोड दिन सुझाव दिएका छन् । उहाँले खोलाको तटवन्धनका लागि रु ६ लाख बराबरको काम गरिरहेको जानकारी दिनुभयो । पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले सडक मानवहरुलाई मानव आश्रमको व्यवस्थापन,सातवटै वडामा न्यायिक समितिलाई घरेलुु हिंसा सम्बन्धित सहजकर्तालाई मेलमिलाप तालिमदेखि वडाको मेलमिलाप केन्द्रको कार्यकक्षमा चाहिने स्रोत साधनको व्यवस्थापन,उपभोक्तबाट खाजा तथा नास्ता खाने प्रथाको अन्त्य,सार्वजनिक सेवा प्रवाहलाई चुस्त , महिला हिंसा न्युनीकरणका लागि गाउँ,टोलका बस्तीमा विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन,उपाध्यक्षको कोषबाट सातवटै वडाका स्थानीवासिको स्वास्थ्य बीमा लागु , बालविवाह मुक्त घोषणाका लागि सबै वडामा विभिन्न सचेतना सम्बन्धि कार्यक्रम संचालन,छाउपडी मुक्त घोषणाका लागि पालिकाको सम्पूर्ण बस्तीहरुमा विभिन्न जनचेतनामूलक सडक नाटक कार्यक्रम संचालन,पालिकाका महिलालाई उद्यमशिलातामा जा्ड्नदेखि स्वरोजगार बनाउनका लागि आय आर्जनका लागि महिलासंग उपाध्यक्ष कार्यक्रम लागू भई संचालन गरिएको जानकारी दिनुभयो ।

उहाँले सामाजिक सुरक्षा भक्ता वितरणमा अशक्त,अपांगभएका र अशक्त ,जेष्ठ नागरिकको लागि बैंकसंग समन्वय गरेर घरघरमा पुगेर सामाजिक सुरक्षा भक्ता वितरण गरिने, बजेटलाई वितरणमुखि भन्दा नागरिकलाई प्रतिफल दिने गरि आगामी बर्षमा आउने नीति तथा कार्यक्रम मार्फत बजेटको विनियोजन, शिक्षा क्षेत्रको विकासका लागि आवश्यक बजेटको व्यवस्थापन गरि नीति तथा कार्यक्रम निर्माण तथा कार्यनयनमा विशेष जोड, र पालिकाको समग्र विकासका लागि जनतासँग छलफल तथा आवश्यक समन्वय गरि ठोस विकासका योजना छनौट गरिने उपाध्यक्ष रोकायाको भनाइ छ ।
पालिकाको वडा नम्बर १ का अध्यक्ष गर्दै वडाध्यक्ष लालसिंह ऐडीले आ।ब २०७९।८० मा वडामा आएको कुल बजेटबाट विभिन्न ११ वटा योजना सम्पन्न भएका छन् । आ।ब २०८०।८१ पाँचवटा योजना सम्पन्न भएका छन् ।
माओवादी केन्द्र जुम्लाबाट निर्वाचित पातारासी गाउँपालिका ३ का वडाध्यक्ष गोविन्द रावतले दुई बर्षको अवधिमा गरेका कार्यप्रगतिको पत्रकार भेटघाट कार्यक्रमबाट सार्वजनिक गर्नुभयो । आ.ब. २०७९।८०मा वडामा ५६ लाख बजेट आएको थियो । उक्त बजेटबाट विभिन्न १७ वटा योजना निर्माण गरि संचालनमा आएका छन् । आ.ब २०८०।८१ मा वडामा ४१ लाख बजेट आएको थियो । सो बजेटबाट वडामा १८ वटा योजना तथा विभिन्न परियोजना र सामाजिक जनचेतनामूलक कार्यक्रम संचालन भएको वडाध्यक्ष रावतले जानकारी दिनुभयो ।
पातारासी ४ मा आब २०७९(८० मा ४८ लाख बजेट विनियोजित भएको थियो । सोही बजेटको आधारमा २१ वटा योजना सम्पन्न भई संचालनमा आएकाछन् । सो बजेटबाट वडामा सामाजिक, भौतिक क्षेत्रमा विभिन्न प्रकारका कार्यक्रममा बजेट खर्च भएको वडाध्यक्ष काली बहादुर ऐडिले बताउनुभयो । आ।ब २०८०(८१ मा ४४ लाख बजेट वडामा आएको थियो । वडापालिकाबाट छनौट गरि पास भएका १५ वडा योजनाका लागि सो बजेट विनियोजन भएको वडाध्यक्ष ऐडिले जानकारी दिनुभयो ।यसैगरी तातोपानी गाउँपालिका उपाध्यक्ष रेवति रावल र वडा नम्बर ६ का अध्यक्ष विशाल खड्काले आफ्नो प्रगिति सार्वजनिक गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्र जुम्लाले ३ महिने कार्ययोजना क्यालेण्डर अनुसार चैत २८ गते क र २९ गते ख प्रदेशमा पत्रकार भेटघाट मार्फत आफ्ना जनप्रतिनिधिलाई प्रगति सार्वजनिक गर्ने योजना अनुसार २९ गते प्रदेश (ख)का १० वटा वडाहरुमा एकै साथ पत्रकार भेटघाट मार्फत प्रगति समिक्षा कार्यक्रम गरिएको छ ।

प्रतिकृया दिनुहोस्