OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,चैत्र २८, २०८०जुम्ला,
२२८ पटक

जुम्ला, चैत २८ गते । जुम्लामा कृषि पर्यटन सास्कृतिक व्यापार महोत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जुम्लाको आयोजनामा एके ईभेन्ट वहुउद्देश्यीय प्रा.ली सुर्खेतले जुम्लामा महोत्सव गर्ने भएको छ । २०८१ वैशाख १२ देखी २३ गते सम्म महोत्सव सञ्चालन गरिने पत्रकार भेटघाट मार्फत जानकारी गरिएको छ ।

महोत्सवका बिषयमा जुम्लामा पत्रकार भेटघाट गरेर जानकारी गरिएको छ । प्रतिष्ठानका अध्यक्ष कर्ण बुढ्थापले महोत्सव सञ्चालन गर्नका सवैको सहयोग तथा सहकार्य आवश्यकता रहेको बताउनुभयो । उहाँले जुम्लामा पर्यटन, सास्कृति तथा आर्थिक व्यापार प्रवर्धनका लागि महोत्सव गरिने भएको छ । आयोजकका अनुसार स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थिति हुने भएको छ । महोत्सव सञ्चालन गर्नका लागि अनुमानित खर्च योजना वनाएर अगाडि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

जुम्लामा उद्योग बाणिज्य संघले करिब ३ बर्ष अगाडि महोत्सव आयोजना गरिएको थियो । कोरोनाका कारण ठूला महोत्सव गर्न नसकेको जुम्लामा यस पटक महोत्सव चन्दननाथ नगरपालिकाको वडा नम्बर ५ राजासिममा गरिने भएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा चर्चित राष्ट्रिय कलाकारको पनि उपस्थित हुने भएको छ । यस्तै जिल्लाबाट राष्ट्रिय स्तरमा चर्चित कलाकार जुम्लाका छत्र शाही, सुरज पण्डित, कालिकोटका ईस्व्यू संजाल सहितका कलाकारको सहभागि गराउनुपर्ने सुझाव दिईएको छ ।

 

प्रतिकृया दिनुहोस्