OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,चैत्र २१, २०८०जुम्ला,
२३ पटक

चैत २१ गते । चैत महिना जुम्लाको लागि धानका वेर्ना उत्पादन गर्ने समय हो । अहिले जुम्लमा मार्सी धानको विउ रुजाउने, वेर्ना उत्पादन गर्ने र विउ छर्ने समय छ ।
चैत २० गते धेरै जसो किसानले वेर्नामा विउ छरेका छन् । तर जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १ का किसान रुगुविना शाहीले बाढिले बगाएको कुलो नवन्दा रोपाईनै नहुने भएकाले वेर्ना राख्न नसकिएको बताउनु हुन्छ ।

यो वेर्ना राख्ने समय आयो कुलो छैन्, तटवन्धन छैन, पानी छैन, खेतनै बाढिले पुरिदिएका छन् । के गर्ने होला उहाँले पुरपुरोमा हात राख्दै भन्नु भयो । वि.सं २०७९ असोज १९ गते देखी देखी २६ गते सम्म एक हप्ता आएको बाढीले हिमा गाउँपालिका वडा नम्बर १ मडापोल्ला, कुच्चेकुना र पागरपालीमा आउने कुलो क्षेत विच्छेद वनाई दियो । त्यस क्षेत्रमा भएका ज्यूलोका कति पय खेतहरु बगरमा समेत परिणत भएका छन् । तर हाल सम्म पनि धान खेति गर्ने कुलो र तटवन्धन नवन्दा खेतहरु बाजिन थालेका छन् । गत बर्ष रोपाई हुन सकेन यस बर्ष पनि रोपाई नहुने डर किसानमा बढेको छ ।

विपतले बगाएका खेतहरुमा अहिले पनि वालुवा भरिएका देखिन्छन् । स्थानीयले यस बिषयमा सरकारले ध्यान दिन नसकेको स्थानीयको गुनासो रहेको छ । सरकारले बिपतले क्षेति ग्रस्त बनाएका खेतहरु र कुलाहरुमा प्रथामिकता नदिदा आवश्यक रहेको छ ।
जिल्लामा खानेपानी कार्यालय छ, कृषि विकास कार्यालय छ, प्रदेश सरकार र केन्द्रीय सरकारले बिपतमा बगेका योजनामा ध्यान नदिएको बताउछन । हिमा गाउँपालिकाका किसान विरबहादुर शाहीका अनुसार कुच्चे कुना, पागरपालीको कुलोनै बन्द भएका कारण यस बर्ष पनि विउ राख्न नसकेको जानकारी दिनुभयो ।
हिमा गाउँपालिका वडा नम्बर १ का किसानहरु भक्तबहादुर शाही, विरबहादुर शाही, पदमहादुर शाही, मानबहादुर शाही, रजबहादुर शाही, राजबहादुर , टोपबहादुर शाही, मेघबहादुर शाही, दत्तबहादुर शाही, नन्दबहादुर शाही, नौला शाही, लगायतका दर्जनौ किसानका खेतहरु गत २०७९ सालको विपतले कुलो बगाउदा समस्या भएको छ । यस्तै गरी धेरै खेतहरु बाढिले बगाएर बगर बनेका छन् ।

वडाध्यक्ष रतनबहादुर शाहीले बिपतले मुहानमा निसाना नराखेर बगाएरपछि बृहत तटवन्धन तथा कुलो मर्मतको कार्य गर्न आवश्यक रहेको छ, अध्यक्ष शाहीले विपतले वगाएको खेति योग्य जमिन र कुलो पुर्न निर्माणका लागि विभिन्न निकायमा पहल गरेपनि प्रथामिकतामा परेको छैन् । गाउँपालिका र वडा पालिकाको बजेटले त्यस क्षेत्रमा अपुग हुने भएको छ । गत बर्ष खानेपानी तथा सिचाई कार्यालय मार्फत कर्णाली प्रदेशमा क्षेतिग्रस्त खेत र कुलो पुर्ननिर्माणका लागि माग पठाईएको थियो तर त्यसमा प्रथामिकता नपरेको गुनासो छ ।
कर्णाली सरकारले उत्पादन र कृषिलाई प्रथामिकता दिने निति भएपनि जुम्लामा २०७९ विपतमा क्षेति कृषि योग्य जमिनको लेखा जोखा छैन् । कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख वालकराम देवकोटा अनुसार क्षेति योग्य जमिन र भत्किएका कुलाको अवस्थाका बिषयमा जानकारी नभएको बताउनुभयो । उहाँले कहाँ के क्षेति पुर्ननिर्माणमा के भएको छ भन्ने बिषयमा कार्यालयको तथ्यांक हेर्नु पर्नेमा जोड दिनुभयो ।

क्याप्सन ः बिपतमा क्षेति भएको जुम्लाको हिमा गाउँपालिका १ कुच्चेकुनाको ज्यूलो तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्