OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जुम्ला/दाना शाहीजेठ २, २०७७जुम्ला/सुर्खेत
९७८ पटक

२ जेठ २०७७ । भारतबाट आएका कर्णाली र ५ नम्बर प्रदेशका नागरिकहरुलाई ¥यापिट परीक्षण पछि जिल्ला जिल्ला पठाउन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जमुनाह नाकामा ७०० नेपाली आईपुगेको बताउनुभएको छ ।
कोरपाटीसँग कुरा गर्दै सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले भारत उत्तरप्रदेश बहराइच जिल्लाको बाबागञ्ज क्वारेन्टाइनमा १४ दिन बसेर फर्केकासहित विभिन्न ठाउँबाट ७०० नेपालीहरु जमुनाहमा पुगेका उनीहरुको व्यवस्थापनमा लागिएको जनाउनुभयो । “आएका सबैको ¥यापिड डाइगोनोष्टिक टेष्ट (आरडिटी) भईरहेको छ,” उहाँले भन्नुभयो, “त्यो कार्य सम्पन्न गरेर हामी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको समन्वयमा नागरिकहरुलाई त्यहाँ पुग्ने व्यवस्थापन गर्दैछौं ।”

बाँकेको नेपालगञ्जस्थित जमुनाह सीमा नाकाबाट गए राति प्रवेश गरेका तीन जनामा आरडिटी पोजेटिभ देखिएको छ । जमुनाहा नाकाबाट भित्रिएका विभिन्न जिल्लाका ४६६ जनाको आरडिटी गर्दा सुर्खेत, कालीकोट र नुवाकोट जिल्लाका तीनमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरडिटी पोजेटिभ देखिएका तीनै जनाको पिसिआर परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरी आजै भेरी अस्पतालको प्रयोगशालामा पु¥याइएको छ । सीमावर्ती भारतीय शहरमा रहेको क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई नेपालगञ्ज ल्याइएको छ । गए राति प्रवेश गरेका ६८७ नागरिकमध्ये बाँके र बर्दियाका २२१ लाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको अहिले परीक्षण गरिएको छैन ।

रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकामा कोरोना भाइरस महामारी फैलिएपछि घर फर्कँदा सीमा क्षेत्रमा अलपत्र तथा नानपाराका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका नेपालीलाई बाँके प्रशासन र भारतीय बहराइच जिल्ला प्रशासनबीच समन्वय गरी गए राति नेपाल प्रवेश गराइएको थियो । सीमानाका आसपास अलपत्र परेका दुवै देशका नागरिकलाई उद्धार गरेर आआफ्ना देशमा जान दिने सहमतिअनुसार भारतबाट ६८७ नेपाल आएको र नेपालबाट करीब एक हजार चार सय भारतीयलाई भारत पठाइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
कर्णालीमा उच्च सतर्कता

भारतबाट आएका कर्णालीका सुर्खेत र कालीकोटका एक÷एक जनामा आरडिटी पोजेटिभ देखिएपछि कर्णाली सरकारले उच्च सर्तकता अपनाएको छ । आरडिटी पोजेटिभ देखिएका दुवैलाई भने भेरी अस्पतालको आइसोलेनमा राखिएको छ । बाँके जिल्लाले क्वारेन्टाइन र व्यवस्थापनमा थेग्न नसकेपछि कर्णाली प्रदेश सरकारले प्रदेशको प्रवेशद्वार बबईमा आईपुगेकाहरुको व्यवस्थापनका लागि स्वास्थ्य तथा सुरक्षाकर्मीहरुको एकीकृत टोली खटाएको छ । सरकारले नेपालगञ्ज तथा अन्य ठाउँमा आरडिटी नभएकालाई बबईमा आरडिटी गर्ने, त्यहा पुग्नेहरुलाई अलग राख्ने व्यवस्था गर्ने, सम्बन्धित स्थानीय तह तथा प्रमुख जिल्ला अधिकारीहरुको समन्वयमा जिल्लामा पठाइने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा राख्नेगरी जुम्लाका २८ जनालाई स्कटिङ गरेर लगिँदै

भारतबाट नेपालको जमुनाह सीमा क्षेत्रमा पुगेका जुम्लाका २८ जना नेपालगंजबाट हिडिसकेका छन् । उनीहरुलाई कर्णाली प्राविधिक शिक्षालय जुम्लाको क्वारेन्टाइनमा राखिने भएको छ । भारतबाट आएका उनीहरुलाई कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिने जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जुम्ला हिमा गाउँपालिकाका २८ जना हिडिसक्नु भएको छ । नाग्ममा पुग्ने बित्तिकै उनीहरुलाई प्रहरीको स्कटिङ गरेर ल्याईनेछ । क्वारेन्टाइनमा कडा सुरक्षा गरिनेछ । क्वारेन्टाईनको मापदण्ड पुरागरी पिसिआर परीक्षण गरिसकेपछि मात्रै नतिजा अनुसार काम हुने प्रजिअ बञ्जाडेले जनाउनुभयो । शुक्रबार विहान कोरपाटी अनलाईनले भारतले नेपाल ल्याएर राखेका कर्णालीका नागरिकहरुको अलपत्र समाचार प्रकाशन गरेको थियो ।

प्रतिकृया दिनुहोस्