OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,फागुन २७, २०८०सिँजा जुम्ला,
१६१ पटक

फागुन २७ गते । सिँजा गाउँपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण तथा खानेपानी स्वच्छता समन्वय विधेयक पारित गरेको छ ।
बिहीवार सिँजाको तेह्रौ हिउदे गाउँसभामा वडा नम्बर २ का अध्यक्ष तिर्थ वडले टेवुल गर्नु भएको खानोपानी सरसफाई तथा स्वच्छता सम्वनधमा बनेको विधेयक २०८० र वडा नम्बर ६ का अध्यक्ष लालबहादुर बुढाबाट टेवुल भएको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्वन्धमा वनेको विधेयक २०८० पारित भएका हुन ।
गाउँपालिकाले सो विधेयक सहित भईरहेका कामहरुको विषयमा प्रगति प्रस्तुत गरेको छ । आर्थिक विकास समितिको अर्ध बार्षिक प्रगति प्रतिवेदन संयोजक हरिनन्द आचार्यले प्रगति प्रस्तुत गर्नुभयो । यसैगरी सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर २ का अध्यक्ष तिर्थ वडले सामाजिक विकास समितिमा भएका कामका बिषयमा प्रगति गरिएको छ ।

अनुगमन तथा सुशासन समितिको अर्धबार्षिक प्रगति प्रतिवेदन संयोजक रञ्जित बुढाले प्रस्तुत गर्नु भएको छ । यसैगरी गाउँपालिकाको आर्थिक ऐन, २०८० बमोजिम स्विकृत करका दरहरुमा संशोधन परिवर्तन तथा थप गर्ने प्रस्ताव, गाउँपालिकाको स्वीकृत पालिकास्तरीय एवम वडा स्तरीय योजना रकामान्तर सम्वन्धी प्रस्ताव पेश गरि केही कार्यक्रम रकमान्तर गरिएका छन् ।

गाउँपालिकाले चालु आ.व.मा रु २७ करोड २० लाख ८६ हजार १४७ रुपैया ५० पैसा र पुजिगत रु १२ करोड ७५ लाख ७६ हजार तिन सय गरी जम्मा रु ३९ करोड ९६ लाख ६२ हजार चार सय ४७ रुपैया ५० पैसा विनियोजन भएकोमा चालु तर्फ ४०.८ प्रतिशत र पुजिगत तर्फ १९.४४ प्रतिशत गरी ३३.९९ प्रतिशत खर्च भएको छ ।
आर्थिक बिकास समितिका संयोजक हरिनन्द आचार्यले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा कृषि तर्फ संघीय तथा प्रदेश सरकारबाट रु ३० लाख विनियोजन भएकोमा आ.व. २०७०।०८० मा स्थापना भएका आलुवाली पकेट विकास कार्यक्रमको निरन्तरता, शित भण्डार कार्यक्रमको सुचना भई कार्यान्वयनको प्रक्रिया अगाडि बढेको छ । उद्योग शाखा अन्तरगत १७ वटा लघु तथा घरेलु उद्योग र ५ वटा वाणिज्य फम दर्ता भएका छन् । प्रधानमन्त्री रोजगार तथा यूवा रोजगार कार्यक्रमका लागि रुपान्तरण पहल आयोजना अन्तरगत सिँजा गाउँपालिका माताहतमा रही स्थापित रोजगार सेवा केन्द्र मार्फत यस गाउँपालिकामा सुचिकृत दुई हजार आठ सय ३५ जना वेरोजगार व्यक्तिहरुलाई एक सय दिनको रोजगारी दिनेगरी कार्यक्रम लागु गरिएको छ ।

यस्ता छन् १० महत्वपूर्ण काम : 

गाउँसभामा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले गाउँपालिकाले गरिरहेका मुख्य १० कामको बिषयमा जानकारी दिनुभयो । उहाँले विपतमा भत्किएका घरको लागि सम्पूर्ण प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो । उहाँले सिँजाले लामो समय देखी मालपोत र नापी कार्यालयको बिषयमा मुख्य सचिवको टेवुलमा पुगेको छ । झिमीकुना देखी छकालेपानी सड्क आयोजना गौरवको आयोजनाको रुपमा लिईएको र पहल भईरहेको छ । सिँजा बहुप्राविधिक शिक्षालय अगाडि बढिरहेको छ । जग्गा पास भईसकेको र डिपिआर तयार भएको जानकारी दिनुभयो । सिँजाको नदिजन्य पदार्थको कानून अनुसार राजश्व असुल गर्ने विषयमा निर्देशन गरिएको जानकारी दिनुभयो ।

सिँजा संग्राहलयलाई व्यवस्थित गर्न यस बर्ष १० लाख संघ सरकारको र गाउँपालिकाको ६ लाख गरि १६ लाखको काम हुनेछ । केदारनाथलाई पर्यटकीय गन्तब्य बनाउन केदारनाथ मन्दिरका लागि अगाडि बढाउने प्रयास गरिएको जानकारी दिनुभयो । प्रतिस्पर्धा र परीक्षालाई मर्यादित गर्ने बताएका छौ । गाउँपालिकामा काम गरिरहेका गैरसरकारी संस्थाहरु, विधुतलाई व्यवस्थित गर्ने र विधुत पुरयाएर टेलिफोन समेत नियमित बनाईने छ ।

उपाध्यक्ष सितली रोकायाले गाउँपालिकाले गरिरहेका राम्रा काम सँगै गर्नुपर्ने कामका लागि सवैको सहयोग आवयश्यक रहेको बताउनुभयो । उहाँका अनुसार सामाजिक क्षेत्रका कामहरुमा पनि थप जोड दिन आवश्यक रहेको बताउनुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाहीले हिउँदेसभामा उठेका सवाल, केही शिर्षकमा रकमान्तर भएको विषयमा उठेका प्रश्नको जवाफ दिदै प्रष्टाउनु भएको थियो । उहाँले गाउँसभाले नितिगत रुपमा ल्याएका कार्यक्रम कार्यानवयन गर्ने दायित्व कर्मचारीको रहेको बताउनभयो ।

प्रतिकृया दिनुहोस्