OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १०, २०८०सुर्खेत
११४ पटक

१० पुस २०८० मंगलबार

कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइड विरुद्वको खोप अभियान सञ्चालन हुने भएको छ । गत कार्तिक १७ गते गएको भूकम्प प्रभावित जिल्ला जाजरकोट, रुकुमपश्चिम र आसपासका अन्य जिल्ला सल्यान, सुर्खेत, दैलेख, कालीकोट र जुम्लामा खोप अभियान हुने जनाइएको छ ।

टाइफाइड खोप अभियान सञ्चालन सम्बन्धी मंगलबार वीरेन्द्रनगरमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममार्फत भूकम्प प्रभावित क्षेत्रमा टाइफाइड, निमोनिया, दादुरा–रुबेला लगायत अन्य सरुवा रोगको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान आवश्यक भएको बताइएको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा खोप अभिायन सञ्चालन हुन लागेको हो ।

२०७८ सालमा १५ वर्षमूनीका बालबालिकालाई यो खोप लगाईएको थियो । अहिले १६ देखि ४५ वर्ष उमेर समूहलाई टाइफाइड विरुद्वको टिसिभी खोप दिइने छ । त्यसका लागि दुई चरणमा समयावधी निर्धारण गरिएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप फोकल पर्सन घनश्याम बुढाका अनुसार पुस १२ देखी १५ गतेसम्म पहिलो चरण र पुस २१ देखि २४ गतेसम्म दोस्रो चरणमा खोप दिइनेछ । उनका अनुसार सुर्खेतमा मात्रै दुई लाख एक हजार जनालाई खोप लगाईने लक्ष्य लिइएको छ । सबै स्वास्थ्य संस्थाहरुबाट खोप लगाइने बताइएको छ ।

अहिले स्वास्थ्य संस्थाका ओपिडी सेवामा सबैभन्दा बढी टाइफाइडका बिरामी हुने गरेको स्वास्थ्कर्मीहरुको भनाई छ । साल्मोनेला टाइफी, साल्मोनेलीया पाराटाइफी–ए, बि,सी ब्याक्टेरीयाका कारण हुने टाइफाइडले ज्यानै जोखीममा जाने खतरा हुन्छ । यसको समयमा उपचार नगरेका करिब १० प्रतिशतले तीन महिनापछि सम्म अरुलाई सार्न सक्छन् भने पाँच प्रतिशतले पित्तथैलीमा ब्याक्टेरीया रहेर अरुलाई सार्न सक्छन् । यो क्रमलाई समुदायको न्यूनीकरणमा राख्न खोप अभियान सञ्चालन गरिएको फोकल पर्सन बुढाले जानकारी दिए ।

टाइफाइड विरुद्व खोपको प्रभावकारीता ९६.९५ प्रतिशत रहेको छ ।

कोभिड–१९ विरुद्वको खोप लगाएको कम्तिमा १४ दिन पुगेको अवस्थामा मात्र खोप लगाउन स्वास्थ्यकर्मीको सुझाव छ ।

खोप कभरेज लक्ष्य ९५ प्रतिशत राखिएको छ । त्यसमध्ये प्रदेश, जिल्लाको तुलनामा स्थानीय तहमा एकरुपता नहुनु, शुन्य खोप र ड्पआउट सङ्ख्या बढ्दै जानु, सुक्ष्मयोजना अद्यावधिक र पूर्ण खोप अभियान दिगोपना कार्यक्रम प्रभाव नहुनु, महामारी देखापर्नु लगायतका चूनौती देखिएको बताइएको छ ।

देशभरका १६ प्रतिशत बालबालिकाले अझै पूर्ण खोप लगाएका छैनन् भने चार प्रतिशत बालबालिका शुन्य खोपको अवस्थामा छन् ।

उच्च ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, पखाला लाग्ने, सुख्खा खोकी, पेट देख्ने, पखाला लाग्ने, भोक नलाग्ने र वाकवाकी हुनु टाइफाइडका लक्षण हुन्।

प्रतिकृया दिनुहोस्