OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ५, २०८० जुम्ला,
३४५ पटक

मंशिर ५ गते । कुमारी बैंकको १०९ औ शाखा जुम्लामा स्थापना गरिएको छ । जुम्लाका नागरिकलाई बैंकिङ सेवाको पहुँचमा पु¥याउनका लागी स्थापना भएको कुमारी बैंकका कर्णाली प्रादेशिक प्रमुख चेतकान्त बञ्जाडेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस बैंकले नागरिकको जीवनस्तर माथी उकास्नका लागी बिषेश प्याकेज ल्याएको छ । कुमारी बैंकले नागरिकलाई आर्थिक रुपमा मात्रै नभई सामाजिक सेवा र व्यापार व्यवसायमा समेत टेवा पुग्ने उद्देश्य रहेको बताउनुभयो । उहाँले कुमारी बैंक अहिले कर्णाली क्षेत्रकै वैक रहेकोमा जोड दिनुभयो । उहाँका अनुसार असोज महिना सम्म कुमारी बैंकको डिपोजिट ३ सय ३९ अर्व रहेको छ भने लोन २९५ अर्व रहेको छ ।

जुम्ला शाखा उद्घाटनमा संविधानसभा सदस्य तथा बैंकका पूर्वसञ्चालक सदस्य ललितजंग शाहीले कुमारी बैंकले नागरिकलाई दिने सेवालाई फरक तरिकाको हुनुपर्ने बताउनु भयो । उहाँका अनुसार नागरिकमुखी सेवा दिन आवश्यक रहेको छ । उहाँका अनुसार सबैभन्दा पुरानो कुमारी बैंकले नागरिकको आर्यआर्जन बढाउने खालका सेवा दिन आग्रह गर्नु भएको छ ।

चन्दननाथ नागरपालिकाका नगरप्रमुख राजुसिहं कठायतले जुम्लामा पछ्रिल्लो समयमा निजी बैंकहरुको संख्या बढेको बताउनु हुन्छ । बैंकका कर्मचारीले गर्ने नागरिकलाई सेवा दिदा गर्ने ब्यवहार सुर्धानु पर्ने आबश्यक छ । उहाँले नगरपालिकाको तर्फबाट गर्ने समन्वय सहकार्यको लागी सधै भरी तयार रहेको थप्नुभयो । जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बैंकले नागरिकले गरेको लगानीको सुरक्षा गर्नु पर्ने बताउदै बैंकहरु कमाउ मुखी नभई सेवा मुखीको भाव राख्नु पर्ने जानकारी दिनुभयो । जुम्लामा सोमबार औपचारिक कार्यक्रम बीचका बिच उद्धघाटन भएको कुमारी बैंक शाखालाई सफलताको शुभकामना ब्यक्त गरेका गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस्