OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,कार्तिक २५, २०८०जुम्ला,
५७५ पटक

कात्तिक २६ गते । जुम्लाका प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले जाजरकोट र रुकुमका भुकम्प पिडितका लागि रु एक लाख ११ हजार रुपैया प्रदान गर्नु भएको छ । सांसद लामाले विपतमा सानो सानो सहयोगले उपचार, राहात, पुनस्र्थापनाका लागि सहयोग पुग्ने भन्दै सानो सहयोग गरिएको बताउनुभयो । उहाँले व्यक्तिगत रुपमा नगद रकम रु एक लाख ११ हजार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश पार्टीले थालेको विपत कोषमा जम्मा गरिएको जानकारी दिनुभयो ।

४ लाख बढीका न्यानो कपडा र सिरक सहयोग :
सांसद लामाले नगद मात्रै नभई भुकम्प पिडितलाई लत्ता कपडा र सिरक पनि भुकम्प प्रभावित क्षेत्रमा पठाउनु भएको छ । भूकम्प पिडित नागरिकका लागि सांसद लामाकाे पहलमा शुभचिन्तकहरूले गरेकाे सहयाेग संकलन गरेर करिब साढे चार लाख वरावरका लत्ता कपडा, सिरक लगायत सहयोग भएको उहाँले जानकारी दिनुभयो । सांसद लामाले पहिलो चरणमा एक सय पिस कपडा, दोस्रो चरणमा १९० वटा डवल साईजको सिरख र १२० पिस कपडा भुकम्प प्रभावित क्षेत्रमा पठाईएको जानकारी दिनुभयो ।

सांसद लामाले जुटा्रईएको लत्ता कपडा र सिरख नेकपा माओवादी केन्द्रको भातृ गठन अखिल नेपाल क्रान्तिकारी केन्द्रीय समिति मार्फत वितरण गर्न हस्तान्तरण गरेर प्रभावित क्षेत्रमा पठाउनु भएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चासिंहले सांसद लामाले एक ट्क राहात न्यानो लुगा कपडा, सिरक पुर्ननिर्माणमा खटिने स्वयंसेवकलाई रु २५ हजार नगर रुपैया हस्तान्तरण गर्नु भएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्