OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,आश्विन ७, २०८०जुम्ला,
३९३ पटक

असोज ७ गते । जुम्लामा मष्टो परम्पराका धार्मिक मेलाहरु धमाधम भईरहेका छन् ।
ऐतिहासिक धार्मिक महत्व राख्ने ति मेलाहरु शुरु भएपछि अहिले मानिसहरुको सो क्षेत्रमा भिडभाड बढेको छ । जानकारहरुका अनुसार जनैपूर्णिमाका दिनबाट कर्णालीमा शुरु हुने ति मेलाहरु धार्मिक परम्परा अनुसार धमाधम शुरु भएपछि गाउँमा चहल पहल बढेको हो ।

धार्मिक आस्थाका जानकारहरुका अनुसार जनैपूर्णिमा अर्थात रक्षावन्धनका दिनबाट औपचारिक रुपमा शुरु हुने गरेका छन् । अहिले गाउँमा ति मेलाहरु भएपछि मानिसहरुको जमघट हुने, देउडा खेलेर रमाईलो गर्ने कामहरु गरिरहेका छ्न ।

धार्मिक अगुवा तथा हिमा गाउँपालिका वडा नम्बर १ कालासिल्लाका धामी भक्तबहादुर शाहीका अनुसार यस समयमा मष्टो सहितका देवताहरुको पुजाआजा व्यापक भएका छन् । उहाँका अनुसार जुम्ला मात्रै नभई कर्णालीका विभिन्न जिल्लामा यि धार्मिक मेला हुने चलन छ ।

उहाँका अनुसार यस क्षेत्रमा यो सिजनामा बाह्रभाई मष्टो, वाविरा, महादेव, भैरवनाथ,कैलास,कालिका, मालिाका,कालासिल्ला, ह्रयांग्रे लाखुडो, , राहदेव, झ्यादेव सहितका दर्जनौ देउताहरुको पुजा आजा हुने गर्दछ । यि देवताका मेलाहरुले आन्तरिक पर्यटकहरुको जमघट, आर्थिक चहलपहल देखी विभिन्न कामहरु हुने गर्दछन् ।

शुक्रवार हिमा गाउँपालिकाको बड्की, सिंजा गाउँपालिकाको बिष्टबाडामा बृहत कालासिल्ला देवताको पैठ (जात्रा) सम्पन्न भएका छन् । हिमा गाउँपालिकाको बड्कीमा ५ हजार बढि धार्मिक अगुवा तथा भक्तजनहरुको उपस्थिति रहेको छ । कालिकोट, मुगु, जुम्लाका भक्तजन तथा देउडा खेलाडीको उपस्थिति भएको थियो ।
भक्तजनहरुको देवताले दुख सुखमा साथदिने विश्वासका साथ हरेक गाउँमा कुलपुजागर्दै आउने चलन छ । यस अन्तरगत अहिले जिल्लाका धेरै स्थानमा कुलपुजा हुने गर्दछन् । विभिन्न तिथिमा विभिन्न देवताको पुजा गरिदै आउने चलनले यति वेला कर्णालीका धार्मिक स्थानमा मानिसहरुको भिड हुने गर्दछ । बर्षभरी गरिने कामको थकान मेटाउने र रमाईलो गर्ने हिसावले पुजाआजा गरिने गरिन्छ ।

यस समयमा हरेक गाउँमा धार्मिक आस्था अनुसार मन्दिर तथा थान बनाएर पुजा गर्ने, मन्दिरलाई नयाँ ध्वजापतकाले रंग्याउने कार्य बढि हुन्छ । पुजाको दिनमा स्थानीयले नयाँ परिकारहरु बनाउने चलनपनि रहेको हिमा गाउँपालिका १ निवासी तथा कालासिल्लाका देवताका पुजारी विरबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार कात्तिक पूणिमा सम्म विभिन्न पुजा आजाहरु हुने गर्दछन् ।

धार्मिक पर्यटकीय महत्व बढाऊ :
कर्णालीको मष्टो परम्परा सहित विभिन्न धार्मिक सभ्यताको केन्द्र पनि हो । यसको प्रवर्धन गर्न आवश्यक रहेको सरोकारवाला निकाय बताउछन् । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले धार्मिक पर्यटन पनि कर्णालीमा महत्वपूर्ण रहेको भन्दै यसको प्रवर्धन गर्न आवश्यक रहेको बथाउनु भयो । उहाँका अनुसार यसलाई पर्यटकीय महत्वको वारेमा अझै विकास गर्न अझै सकिएको छैन् । अहिले आन्तरिक पर्यटक मात्र यस क्षेत्रमा घुम्ने गर्दछन् । तर बाह्रयपर्यटक भने यस क्षेत्रमा आकर्षण गराउने योजना बनेका देखिदैनन् ।

 

 

 

प्रतिकृया दिनुहोस्