

भदौ ११ गते । सिंजाको केदारनाथमा सिंजा गाउँपालिकाले भब्य महोत्सव शुरु गरेको छ । सिंजा गाउँपालिकाले वडा ४ स्थित केदारनाथ बुदवुदी स्थानमा महोत्सव शुरु गरेको हो ।
महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले गर्नु भएको छ । मन्त्री विसीले सिंजाको केदारनाथको भूगोलमा आएर अवलोकन गर्न पाउदा खुशी व्यक्त गर्दै कर्णाली सरकारले यहाँको धार्मिक पर्यटनलाई प्रर्वर्धन गर्ने कार्यक्रममा प्रथामिकता दिईने बताउनुभयो । उहाँले सिंजाको सस्कृति र ईतिहासलाई बचाउन र संसार सामु पुरयाउन यस क्षेत्रमा पूर्वाधार आवश्यक रहेकोमा जोड दिनुभयो ।
मन्त्री विसीले जुम्लाको कला, सस्कृति र ऐतिहासिकता झल्काउने यस धार्मिक महोत्सवबाट कर्णालीलाई मष्टो सस्कृतिको प्रवर्धन गर्ने सिकाई हुने भन्दै सिंजा गाउँपालिकालाई आमन्त्रणका लागि विशेष धन्यवाद दिदै केदारनाथको डिपिआर वनाएमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
महोत्सवका विशिष्ट अतिथि कर्णाली सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले जुम्लाको उत्पादनले कर्णालीको पहिचान भईरहेको भन्दै यहाँको रैथानेवाली मार्सीधान, चिनु, कागुनु, स्याउ सिमी उत्पादन गुणस्तर भएमा व्यापारको व्यवस्था कर्णाली सरकारले गर्ने बताउनुभयो । उहाँले सिंजा सभ्यता भित्र यहाँको रैथाने वाली र कृषि क्षेत्र पनि पर्ने भएकाले कृषि उत्पादन र पर्यटनमा राज्यलाई ठूलो सहयोग पुग्ने बताउनुभयो । मन्त्री शर्माले यस अवसरमा भर्दौ १० गतेका दिन स्याउ दिवशको उद्घाटन गर्नु भएको छ ।
कर्णालीका उपसभामुख यशोधा न्यौपानेले पवित्र धार्मिक स्थल केदारनाथलाई संसार सामु चिनाउन आवश्यक देखिएकाले कर्णालीका धार्मिक पर्यटन क्षेत्रको निति संरचना आवश्यक रहेको बताउनुभयो । सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले हामी वर माग्न वा विभिन्न धार्मिक आस्थाका लागि अन्य स्थानमा जान्छौ तर आफ्नो तिर्थलाई प्रवर्धन गर्नका लागि केदारनाथ महोत्सवको आवश्यकता रहेको बताउनुभयो । उहाँले यस महोत्सवमा आई प्रतिवद्धता जनाउने प्रदेश सरकार मन्त्री सहित सवै अतिथि र स्थानीय भक्तजनलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
भदौ १० गतेबाट शुरु भएको महोत्सव ३ दिन चल्ने छ । पहिलो पटक स्थानीय सरकार आयोजक वनेर शुरु गरिएको महोत्सवमा त्यहाँ वर माग्ने, गौजो काट्ने र एकादशिका दिनमा भारा नुहाएर अन्य मन्दिरमा लिने यहाँको महत्व छ । महोत्सवमा करिब ५ हजार बढिको संख्यामा महोत्सवमा सहभागी भएका सिंजा गाउँपालिकाले जनाएको छ । महोत्सवमा स्थानीय रैथाने वाली, स्याउ, राडिपाखी, स्थानीय उत्पादनका खानाहरु राखिएका छन् । महोत्सवमा खस सस्कृति प्रमुख नाच देउडा, धामी नाच, आधुनिक नाच, खस सस्कृतिको नाटक सहित ईन्द्रेणीको टिमको मनोरञ्जन झल्काईएको थियो ।
महोत्सवमा जुम्ला जिल्लाका स्थानीय तहका प्रमुख उप÷प्रमुखहरु, राजनैतिक दलका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी सहित कार्यालय प्रमुख र संचारमाध्यामको वाक्लो उपस्थिति रहेको छ ।
क्यासन ः सिंजा गाउँपालिकामा शुरु भएको महोत्सवका तस्विरहरु नेत्र शाही