OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सरस्वती गौतम बैशाख ३०, २०७७ डिन नर्सिङ विभाग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला
२२२० पटक

सन् २०२० मे १२ मा विश्वभर अन्तराष्ट्रिय नर्सिङ दिवस मनाईएको छ । यो वर्ष कोरोना भाईरसका कारण भईरहेको लकडाउले औपचारिक कार्यक्रम नभएपनि नर्सिङ पेशामा लागेका व्यक्तिहरु, सरोकारवालाहरुले यो दिवसलाई विशेष गरेर सम्झिएका छन् । सो विषयमा कर्णालीमा बसेर नर्सिङ पेशामा काम गर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ डिन सरस्वती गौतमसँग कोरपाटीका प्रधानसम्पादक नेत्र शाहीले लिएको अन्तरवार्ताको सम्पादित अंश :
१. सर्वप्रथम अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा यहाँलाई हार्दिक शुभकामना तथा नमस्कार ।
तपाईलाई पनि नमस्कार एव. धन्यवाद ।
२. नर्सिङ दिवस किन मनाउछन् ? यसको महत्व के छ ?
आज नर्सिङ दिवस नर्सिङ पेशाका जन्मदाता फ्लोरेन्स नाईटिङ्गेलको जन्म भएको दिन हो । उहाँले यो मानवजातिका लागि गर्नुभएको मार्गदर्शनका लागि सर्वप्रथम हामी सम्पूर्ण नर्सहरुको तर्फबाट स्मरणहित हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । उहाँ जन्मेको दिनलाई संसारभर यो दिवस मनाईदै गरिएको छ । नर्सिङ पेशाको महत्ववारे नबताउनु पर्ला जहाँ बिरामीको हेरचाह गर्न महत्वपूर्ण पेशा पनि हो । यदि बिरामीलाई हेरचाह नभएमा हालत के होला ? यसैले यो सेवाको मुल्य र महत्वसँगै आजको दिनको महत्व पनि उत्तिकै बढि छ । यो कोरोना महामारीको समयमा पनि नर्सको योगदानको मूल्यको मापन छैन । कुनैपनि महामारीको समयमा नर्सहरुको काम अग्रपंक्तिमा हुन्छ र अहिले पनि छ ।
३. कर्णाली र प्रतिष्ठानका के के कामहरु भईरहेका छन् ?
म पहिले त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा सहप्रध्यापकको रुपमा काम गरिरहेको थिए । अहिले दुई वर्ष भयो कर्णालीमा काम गरिरहेको छु । कर्णालीबाटै नर्सिङ जनशक्ति उत्पादनदेखि सेवा गर्ने काममा तीव्रता लिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको यात्रामा म पनि थपिए । अहिले स्टाफ नर्स र नर्सिङ मिडवाफेरी ९दक्ष प्रसुतिकर्मी० अध्ययन अध्यापन भईरहेको छ । स्टाफनर्स तीव्र गतिमा गईरहेको छ । स्टाफनर्स १२० जना अध्ययन गरेर गईसकेका छन ्भने १२० जना अध्ययनको सिलसिलामा छन् । व्याचलर मिडवाफेरी १० कोटामा पहिलो वर्ष ६ जना र दोस्रो वर्ष १० जना अध्ययन गरिरहेका छन् । जुन कक्षा सञ्चालन गर्ने बीर अस्पताल, काठमाण्डौ यूनिभर्सिटी पछि तेस्रो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाल सरकारले अध्ययन गर्न अनुमति दिएको छ । अर्को नर्सको सेवा त कर्णाली प्रतिष्ठानको स्वास्थ्य सेवा सँगै जोडिएको छ । निकै प्रभावकारी हुदै आएको छ । त्यसैगरी, म जुम्ला बसेर नियाल्दा कर्णालीका दुर्गम क्षेत्रमा समेत थुप्रै नर्सहरुले निकै कष्ठका साथ काम गरिरहनु भएकोमा कदर गर्छु । कर्णालीमा चुनौति छिचोल्दै उज्योतिर हामी बढ्दैछौ ।
४. यहाँ नर्सिङ क्षेत्रका सम्भावना र चुनौति के के छन् ?
पहिलो कुरा त अध्ययनमा सिद्धान्त मात्रै भएर हुदैन, दक्षता चाहिन्छ । सेवा दिनुभन्दा पहिला स्किल ल्यावमा सीप सिकाउछन । शिक्षक दक्ष हुनुपर्छ । तालिम हुनुपर्छ । सेन्टरबाट अलि टाढा भएकाले केही समस्या छ । पहिला त जुम्ला जान भनेपछि मानिसहरु आउन चाहँदैनथे । अहिले प्रतिष्ठानको रोजगारीका लागि प्रतिस्पर्धा बढी हुन्छ । प्रतिष्ठानमा रोजगारी हुन सोधिरहनेको संख्या बढी हुन्छ । अर्को अस्पतालमा नर्सिङ सेवा अझै महत्व धेरै छ । जहाँ बिरामी सँगको विषय हुन्छ । त्यहाँ नर्सले ज्ञान, सीप, आचरणको मान्यतालाई महत्वका साथ प्रयोग गर्न योजना र निर्देशन गरिरहनु पर्छ । त्यो हाम्रो अवसर र सम्भावना पनि हो । अहिले स्टाफनर्सको अत्यधिक प्रतिस्पर्धा छ । कर्णाली प्रदेश र सुदुरपश्चिमका बढीअध्ययन गर्न आउनु हुन्छ । यसका साथै विभिन्न जिल्लाबाट अध्ययन गर्न आउने गरेका छन् । धेरै त यही पढेर यही जागरि खाने काम पनि भईरहेको छ ।
५. अब थप नर्सिङ पेशा व्यवस्थित र स्तरीय गर्न के गर्नुपर्ला ?
नर्सिङ सेवालाई थप व्यवस्थित गर्न पहिला त समय र परिस्थिति अनुसार शिक्षकलाई तालिम हुनुपर्छ । प्रतिष्ठानमा हामी छ जना शिक्षकहरु छौ । अझै यसको योजना अनुसारको अस्पताल क्षेत्र बढाउनुपर्छ । शिक्षक विद्यार्थी आफैले आफ्नो पेशाको मान्यता र कदर थप बढाउदै जाने प्रयास गर्दैछौ । विज्ञान र प्रविधिको उचित प्रयोग गर्ने, नर्सिङ स्वास्थ्य सेवा र शिक्षामा अभिवृद्धि गर्नेसमेत योजना रहेको छ । यसैगरी अब बिएनएस स्तरको अध्ययनको योजना पनि रहेको छ । अर्को महत्वपूर्ण कुरा नीतिस्तरमा प्रतिनिधित्व हुनु पर्दछ । यसैगरी अझै गाउँमा आवश्यक पूर्वाधार, प्रविधि र ज्ञान सीपसहित प्रोत्साहन दिनुपर्छ ।
६. नीतिस्तरको प्रतिनिधित्व भनेको के हो ?
नीतिस्तरको प्रतिनिधित्व भनेको जहाँ नीति बनाईने, सूझाव दिएर परिर्वतन हुने हो त्यस्ता समितिहरुमा नर्सिङ प्रतिनिधित्व हुनुपर्दछ । अझै अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्छ । जस्तै कर्णाली प्रतिष्ठानको सिनेट, कार्यकारी समिति, यसले नेपालको संविधानले रक्षा गरेको सिद्धान्तको समानुपातिक प्रतिनिधित्व पनि हुन्छ ।
७. अन्त्यमा केही भन्नु छ ?
हैन । प्रतिस्पर्धी बजारमा आएको कोरपाटी अनलाईनलाई धेरै धन्यवाद । नर्सहरुले पुर्याएको योगदानको संरक्षण र कदर गर्ने सञ्चार माध्यमको ठूलो भूमिका छ । निरन्तर होस् ।

प्रतिकृया दिनुहोस्