

२१ मंसिर २०८२, आईतबार
सुर्खेत: सवारी दुर्घटना कम गर्न जिल्ला टाफिक कार्यालय सुर्खेतले सडकमा भएका खाल्डा पुर्ने कार्यलाई निरन्तरता दिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका सडकका खाल्डा खुल्डीका कारण सवारी आवतजावतमा अप्ठ्यारो हुने र त्यसले दुर्घटना निम्त्याउने भएकोले खाल्डा पुर्ने कार्यलाई निरन्तरता दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख रोहित शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार वीरेन्द्रनगर चोकदेखि एरिचोकसम्म रहेका खाल्डा पुर्ने काम भएको छ ।
यस अघि पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न सडकमा परेका खाल्डाहरु नागरिकहरुको सक्रियतामा खाल्डा पुर्ने काम गरेको थियो । सामान्य कामले पनि ठूला दुर्घटना रोक्न सकिन्छ भन्ने सन्देश दिन र नागरिकहरुको आवातजावतमा सहजता प्रदान गर्न हरेकले आ आफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्न जिल्ला ट्राफिक कार्यालय सुर्खेतले अनुरोध गरेको छ ।








