OnlinePana

आज : २०८२ मंसिर २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २२, २०८२
२२ पटक

नेत्र शाही /जुम्ला,

मंसिर १९ गते । जुम्लाको कनकासुन्दरीमा संचालित सृजना परियोजनाको सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका तथा आ्रईएनएफ कार्यक्रमको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, समूह सहकारी र सरोकारवाला निकायको सहभागिता सामाजिक परीक्षण गरिएको हो । कार्यक्रममा आइएनएफ नेपाल जुम्लाका प्रमुख ईन्द्र बहादुर विश्कर्माले आईएनएफले गरेका कार्यक्रमको प्रगतिको बिषयमा प्रस्तुतिकरण गर्नुभएको छ । उहाँले आईएनएफले दुईबर्ष सम्म गरेको कामको जानकारी गर्नुभएको छ ।

उहाँका अनुसार विशेषगरी आईएनएफले आप्रवासी यूवाहरुलाई स्वरोजगार बनाउने प्रयास गरिएको जानकारी दिनुभयो । उहाँले कनकासुन्दरी गाउँपालिकाका १ देखी ८ वडा सम्ममा यूवाहरुलाई स्वरोजगार बनाउन विभिन्न शिप विकास, आयआर्जनका कार्यक्रम गरिएको जानकारी दिनुभयो । सृजना दोस्रो परियोजना २०८० पौस देखी २०८२ पौष सम्म परियोजना रहनेछ । परियोजना अन्तरगत २० जना यूवाले लघु व्यवसाय संचालन गरेका छन् । सात जनाले डाईभिङ तालिम लिएका छन् । ४५ जनालाई व्यवसायमा सुधार सामग्री सहयोग गरिएको छ ।

प्रतिवेदनमा कनकासुन्दरी गाँउपालिक र राष्ट्रिय बिमा कम्पनीसँगको सहकार्यमा ३१२ वटा बाख्राहरु र २ वटा भैसीको बिमा गरिएको छ । बिमाको लागि आबश्यक केहि रकम परियोजनाद्धारा ब्यवस्था गरिएको थियो । यहाँका २३ जना किसानहरुलाई सुधारिएको बाख्रापालन सम्बन्धी तालिम, सुधारिएको गोठ निर्माणको लागि आबश्यक सामग्री, बाख्राहरुको औषधीहरु र ८ जना किसानहरुलाई प्रति ब्यक्ति ८ वटाको दरले बाख्रा समेत बितरण गरिएको छ ।

आईएनएफले यो परियोजनाको यस बर्षको बिनियोजन बजेट रु एक करोड सात लाख मध्य हाल सम्म ९१ लाख ९३ करोड खर्च भएको छ ।  सामाजिक लेखापरीक्षण कार्यक्रममा गाउँपालिका अध्यक्ष दामोदर आचार्यले गाउँपालिकाको माग अनुसार कनकासुन्दरीमा काम गरिदिएकोमा आईएनएफ नेपाललाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले गैरसरकारी क्षेत्रले गरेको काम पनि गाउँपालिकालेनै गरेको सवैले मान्नुपर्नेमा जोड दिनुभयो । उपाध्यक्ष प्रेमकली वुढाले शिप लिएपछि अनिवार्य रुपमा काम गर्न यूवाहरुलाई सुझाव दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले सृजना परियोजनाले केही काम गर्नमा उत्सुकता गरेको बताउदै यस्ता कामलाई आगामी दिनमा पनि अगाडि बढाउन आवश्यक रहेको छ । सामाजिक शाखा प्रमुख भिमबहादुर भण्डारीले आाईएनएफले सहयोग गरेका राम्रा काममा गाउँपालिकाले पनि सहयोग गर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्